Hero News »

पोखरामै एसएलसी पास गर्ने पहिलो व्यक्ति वीरेन्द्रकुमार बाटाजू

जुन बेला पोखरामा स्कूल नै थिएन । त्यतिबेला, वीरेन्द्रकुमार बाटाजूले पोखरेलीमध्येबाट सबैभन्दा पहिले एसएलसी पास गरे । उनले २००७ सालमा एसएलसी पास गरेका हुन् । नेपाल सरकार, शिक्षा विभाग, काठमाण्डौंले २००८ सालको कार्तिक ५ मा एउटा नेपाल गजेट प्रकाशन गरेको थियो । अघिल्लो वर्ष ००७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भाएका विद्यार्थीहरुको नामसहित उक्त गजेट प्रकाशन…

स्लाइड्ली परिवर्तन भएको सपनालाई एचआइभी संक्रमित गोपालले पूरा गरेरै छाडे

यसै सिजनको गत मे २२ तारिख (जेठ ८ गते बुधबार) का दिन एचआइभी संक्रमित पोखरेली गोपाल श्रेष्ठले एभरेष्ट आरोहण गरेर विश्वसामु नयाँ सन्देश दिए । सगरमाथा शिखर आरोहणबाट गोपालको पहिलो सन्देश थियो, ‘एचआइभी संक्रमितहरु पनि शारिरीक, मानिशक रुपले समाज, राष्ट्र र विश्वका लागि केही गर्न सक्छन् ।’ ‘आफूलाई आत्मलाञ्छना लगाएर र हिनतावोध बोकेर स्वयं एचआइभी…

मोफसल पोखराका पुराना हकर ‘बालकृष्ण दाई’

मिर्मिरेमै उठ्यो । पोखरामा भएका सबै पत्रिकाका कार्यालय धायो । महेन्द्रपुलबाट राष्ट्रिय पत्रिका बटुलेपछि घरघरै डुल्छन् । पोखराको मुख्य बजार फन्को मार्नु ६२ वर्षीय ‘मोफसल हकर’ बालकृष्ण सुवेदीको दैनिकी हो । न्युरोड, सभागृहचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, पन्थीगल्ली, देउराली गल्ली छिरेर पालिखेचोक हुँदै नदिपुरबाट फर्किएपछि बास्तोलाथरको सगरमाथा स्कूलसम्म पत्रिकाहरु लिएर पुग्छन् । पत्रिका बेचेर पालिएका उनीभन्दा…

जोर्ज जोन सरले देखेको त्यति बेलाको पोखरा …

आधुनिक पोखराको शिक्षाका धरोहर जोर्ज जोन सर पहिलो पटक २०१३ को जेठ महिनामा काठमाण्डौदेखि हवाई जहाजबाट पोखरा आएका थिए । त्यति बेला दोस्रो विश्व युद्धमा प्रयोग भएको जहाजहरु नेपालमा चल्ने गरेको जोर्ज जोन सर सम्झन्छन् । उनी आफू पनि त्यही हवाई जहाजबाट पोखरा आएको बताउँछन् । त्यतिबेला, जहाज भाडा आइसी ५० रुपैयाँ थियो । भारतीय…

विच भलिबलमा पुरुषतर्फ आर्मी ‘ए’ को मानबहादुर र दिलकुमार, महिलातर्फ एपीएफका विनिता र नेविका च्याम्पियन

पोखरा । पोखरामा सम्पन्न छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष विच भलिबलमा विभागीय क्लबहरुले नै वर्चस्व कायम गरेका छन् । प्रतियोगिता अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । महिलातर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लब ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीले उचाले । सोमबार…

प्रस्तावित विधेयकले नागरिकका संपूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ : संचारमन्त्री बाँस्कोटा

पोखरा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित सूचना प्रविधि विधेयकले नागरिकका सम्पूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको वताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा गठित उपसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफलमा उठेका विषयहरुको जवाफ दिंदै मन्त्री बाँस्कोटाले विधेयक राजनीतिक विचारधाराभन्दा पनि समाजका मूल्य…

प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेद्धारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले शुक्रबार एक कार्यक्रबीच गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको मन्त्रीस्तरीय जेठ ३१ गतेको निर्णयानुसार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भएर प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरे गण्डकी प्रदेश प्रहरी कार्यालय…

बीच भलिबल प्रतियोगितालाई बजेटको अभाव हुन दिइने छैन : अध्यक्ष प्रचण्ड

पोखरा । पोखराको फेवाताल किनारमा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । अध्यक्ष दाहालले कार्यक्रममा बोल्दै वीच भलिबल प्रतियोगिताका लागि बजेटको अभाव हुन नदिने औंल्याए ।  अध्यक्ष दाहालले खेलकुदको क्षेत्रलाई आफूले उच्च प्राथमिकतामा राखेको…

शुरु भयो नेपालमा मनसुन, देशभर फैलन केही समय लाग्ने

पोखरा । नेपालमा मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा…

पोखरामा खानेपानी शुद्धिकरण योजना : खानेपानी मन्त्री मगरले योजनाको उद्घाटन गरिन्

पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले मंगलबार एक कार्यक्रमबीच शुद्धिकरण योजनाको शुभारम्भ गरिन् । पोखरामा बर्षातको समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो । खानेपानी शुद्धिकरण परियोजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१…