Hero News »

पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता सुरु

पोखरामा आज (बिहिबार)देखि ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जी–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप–२०२२’ सुरु भएको छ। नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड…

नवौं राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारको तालिम सकियो

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित २ दिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम आज (बुधबार) सम्पन्न भएको छ। तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिनेमा जोड दिए। लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको…

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारलाई तालिम

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र संप्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (मंगलबार) देखि सुरु भएको २ दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट ७० जना खेल पत्रकारको…

साफ महिला च्याम्पियनसीप: बंगलादेशलाई उपाधि, नेपाल फेरि उपविजेतामै सीमित

छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप २०२२ को उपाधि बंगलादेशले जितेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि जित्यो। बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन्। नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन्। साफ महिला च्याम्पियनशिपले यसपालि…

लौरो अभियान गण्डकीको उद्घोष : ‘पुरानाको विकल्प हामी’

लौरो अभियानले गण्डकी प्रदेशले उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पुरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन्। गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा–१ बाट अधिवक्ता सोमबहादुर नेपाली, नवलपुर–१ बाट…

पत्रकारका लागि काउन्सिलको नि:शुल्क स्वास्थ्य शिविर

प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि नि:शुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ। काउन्सिलको ५३ औँ वार्षिकोत्सवको अवसर पारेर भोलि (आइतबार) सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर संचालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। शिविरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य…

प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारलाई सम्मान गर्दै

नेपाल प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गर्दैछ। काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो। राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। काउन्सिलको हिँजो (शुक्रबार) बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। काउन्सिलले कास्कीका क्रियाशील पत्रकार श्यामनाथ…

महिला साफ च्याम्पियनसीप: भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनल पुग्यो

साफ महिला च्याम्पियनसीप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ। प्रतियोगिता अन्तर्गत भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा समेत पुगेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोलले हरायो। नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा विजयी गोल गरिन्। घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गर्न सफल बनिन्। भारतमाथि…

जनसम्मतकर्मी शाहीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान

यस जनसम्मत डट कमका सम्पादक नारायण शाही ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट’ सम्मानित भएका छन्। सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट शाहीलाई सम्मान गरेको हो। २०६४ सालदेखि पोखरामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मान गरे। पुरस्कार राशी २० हजार ५ सय ५५…

नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलभेन्यूको तय

आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, राखेप पदाधिकारी तथा खेल संयोजकहरुले पोखरामा खेलभेन्यूको सार्वजनिक गरेका हुन्। राखेपकाअनुसार…