Hero News »

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा मधेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आइतबार सुरु उदटन खेलमा मधेशले घरेलु गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटियो। गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेट आजदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आज (आइतबार) देखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयूक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले बलिङ र राखेप सदस्य सचिव घिसिङले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरे।घरेलु गण्डकी प्रदेश…

कोजाग्रत पूर्णिमा, आज दशैंको समापन गरिदैं

आज आश्विन शुक्ल पूर्णिमाका दिन। अर्थात, दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ। प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन…

आज दसैंको टिका, उत्तम साइत ११ः५१ बजे

दुर्गापक्षको मुख्य दिन आज (बुधबार) बडादसैंमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैँ घर वा पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको…

दसैं नवरात्रको महानवमी, आज सिद्धिदात्री देवीको उपासना गरिदैं

आज (मंगलबार) आस्विन शुक्ल नवमी तिथि अर्थात महानवमी। आज नवरात्रको अन्तिम दिन अर्थात सिद्धदात्री देवीको पूजा आराधना गरिदैंछ। आजको दिन ९ दुर्गामध्ये सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको नवौं दिन आज (मंगलबार) दसैं घर तथा पूजा कोठामा ९ दुर्गामध्ये नवौं देवी सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक…

दसैं नवरात्रको महाअष्टमी, आज महागौरी देवीको पूजा गरिदैं

आज आस्विन शुक्ल अष्टमी तिथि। आजको दिनलाई दसैं नवरात्रको महाअष्टमी तिथि पनि भनिन्छ। आजको दिन ९ दुर्गामध्ये महागौरी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको आठौं दिन आज (सोमबार) दसैं घर तथा िपूजा कोठामा ९ दुर्गामध्ये आठौं देवी महागौरी भगवती दुर्गाको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा…

दसैं नवरात्रको सातौं दिन, आज कालरात्रीको पूजा गरिदैं

आज आस्विन शुक्ल सप्तमी तिथि, अर्थात दसैं नवरात्रको सातौं दिन। नवरात्रको सातौँ दिन आज (आइतबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्राइँदैछ। फूलपाती अपराह्न भित्राउने वैदिक विधि छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ…

दसैं नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा गरिँदै

आज आस्विन शुक्ल षष्ठी अर्थात दसैं नवरात्रको छैटौं दिन। आजको दिन ९ दुर्गामध्येकी एक कात्यायनी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको छैटौँ दिन आज (शनिबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। प्रत्येक वर्ष आश्विन…

आज दसैं नवरात्रको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै

आज आस्विन शुक्ल पञ्चमी अर्थात दसैं नवरात्रको पाँचौ दिन। नवरात्रको पाँचौ दिन आज (शुक्रबार) भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। स्कन्दमाताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान…

दसैं नवरात्रको चौथो दिन, आज कुश्माण्डा देवीको पूजा गरिदै

आज आस्विन शुक्ल चतुर्थी अर्थात दसैं नवरात्रको चौथो दिन। नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा ९ दुर्गामध्येकी चौथो कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी ३ तापलाई कुश्मा भनिन्छ। नवदुर्गामध्येकी…