Hero News »

दसैं नवरात्रको सातौं दिन, आज कालरात्रीको पूजा गरिदैं

आज आस्विन शुक्ल सप्तमी तिथि, अर्थात दसैं नवरात्रको सातौं दिन। नवरात्रको सातौँ दिन आज (आइतबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्राइँदैछ। फूलपाती अपराह्न भित्राउने वैदिक विधि छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ…

दसैं नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा गरिँदै

आज आस्विन शुक्ल षष्ठी अर्थात दसैं नवरात्रको छैटौं दिन। आजको दिन ९ दुर्गामध्येकी एक कात्यायनी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको छैटौँ दिन आज (शनिबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। प्रत्येक वर्ष आश्विन…

आज दसैं नवरात्रको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै

आज आस्विन शुक्ल पञ्चमी अर्थात दसैं नवरात्रको पाँचौ दिन। नवरात्रको पाँचौ दिन आज (शुक्रबार) भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। स्कन्दमाताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान…

दसैं नवरात्रको चौथो दिन, आज कुश्माण्डा देवीको पूजा गरिदै

आज आस्विन शुक्ल चतुर्थी अर्थात दसैं नवरात्रको चौथो दिन। नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा ९ दुर्गामध्येकी चौथो कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी ३ तापलाई कुश्मा भनिन्छ। नवदुर्गामध्येकी…

आज दसैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं

आज असोजको शुक्ल प्रतिपदाको तेस्रो दिन अर्थात चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैंछ। घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा आराधना गर्ने प्रचलन छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्दछन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै छ। घटस्थापनाको दिन राखेको जमरालाई…

आज दशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिदैं

आज असोजको शुक्ल द्धितियको दिन अर्थात, बडादशैंको दोस्रो दिन। आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदैंछ। बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन्छ। यसअघि, हिँजो (सोमबार) दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज (मंगलबार) देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधामसाथ मनाइँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने…

दसैंको नवरात्र सुरु, आज घटस्थापना, घर–घरमा जमरा राखियो

आज आस्विन शुक्लप्रतिपदाको दिन अर्थात घटस्थापना। आजदेखि नेपालीहरुको महान चाड बडा दसैं सुरु भएको छ। यो वर्षको महान पर्व बडा दसैंले नेपालीहरुको घर–घरमा प्रवेश गरेको छ। घटस्थापनालाई नवरात्रको पहिलो दिन मानिन्छ। आस्विन शुक्ल प्रतिपदादेखि सुरु यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। वडा दशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो,…

यसपालीको दशैँमा पनि धरहरा चढ्न नपाइने भो

सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन्। दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो। केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिएका छन्। धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका…

पोखराको बगरस्थित टुँडिखेलमा च्यांग्रासहितको दसैं मेला

पोखराको बगरस्थित टुँडिखेलमा दशैं मेला हुने भएको छ। सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको हो। परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो। ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे। पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन…

दशैं टीकाको अन्तर्राष्ट्रिय साइत कुन देशमा कति बजे ?

यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति…