
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष तथा निर्भिक पत्रकारिताले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने बताएका छन्। नेपाल पत्रकार महासंघ धनुषाको १३ औँ साधारण सभाको शुक्रबार जनकपुरधाममा उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। पत्रकारिता जगतले सधैँ निष्पक्ष भएर जनता तथा देशको पक्षमा काम गर्न आवश्यक भएको उनले औंल्याए। उनले पत्रकारिताको नाउँमा केही व्यक्तिले गलत काम गर्ने गरेको…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ‘हिम डमरु’ को उपाधिले सम्मान गरिएको छ। साहित्यिक पत्रकार संघले काउन्सिल अध्यक्ष बस्नेतलाई बिहीबार सो उपाधिले सम्मान गरेको हो। हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो। बरिष्ठ साहित्यकार रोचक घिमिरे, बरिष्ठ कलाकार…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले नयाँ सूचीकृत भएका अनलाइनका संचालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गरेका हुन्। अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन/प्रसारण हुने…
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताएका छन्। प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका संचालक/सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले यस्तो बताएका हुन्। आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई महासचिव पुरीको आग्रह थियो। पत्रकारले बदनियतपूर्वक लेख्ने वा…
प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ। मंंगलबार काउन्सिल सभाहलमा संचालनमा रहेका युट्युब च्यालनका संचालक÷सम्पादकहरुलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री संप्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए। पत्रकार आचारसंहिता…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्यो। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले भनिन्, ‘अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान संचालन…
प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन संचार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो। कारबाहीमा परेकामध्ये १४३ संचार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख…
नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका…
संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्। सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध…
सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ। आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो। पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्ण रुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन…