अर्थ–बजार »

पोखरामा २४ औं ‘सडक महोत्सव’ सुरु

पोखरामा यस वर्षको सडक महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) को आयोजनामा २४ औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको हो। पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सडक महोत्सवको उद्घाटन गरेका हुन्। आचार्यले कार्यक्रममा बोल्दै छिट्टै पोखरालाई पर्यटकको राजधानी घोषणाका लागि संघीय तथा प्रदेश सरकारले पहल गर्ने बताए। जसमा…

लेखनाथ महोत्सव: सोमबार ७० लाखको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा दर्शक र कारोबारमा कमी आएको छ। पुसको ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आइतबारको तुलनामा महोत्सव…

लेखनाथ महोत्सवले दर्शक तान्यो, १ करोड २० लाखको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले दिन प्रतिदिन दर्शकहरुको मन लोभ्याएको छ। यस १८ औं संस्करणको लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उल्लेखनीय रहँदै गएको छ। महोत्सवको चौथो दिन आज (आइतबार) ३० हजार बढी दर्शकहरुले अवलोकन गरे। इसाई…

लेखनाथ महोत्सव: दर्शकको आकर्षण बढ्दो, एकैदिन १ करोडको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। १८ औं संस्करणको लेखनाथ महोत्सव अवलोकन गर्न आम दर्शकहरुको भिड बढ्दो छ। पुस ७ गतेदेखि सुरु भएको महोत्सवको आज तेस्रो दिन (शनिबार) दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो।…

लेखनाथ महोत्सव: २ दिनमा ४० हजारले गरे अवलोकन, १ करोड २० लाखको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा हिँजो (बिहीबार) बाट सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। महोत्सव उद्घाटनको दिन हिँजो (बिहीबार) ३० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने करिब ८० लाख बराबरको कारोबार भएको छ। त्यस्तै, महोत्सवको…

नेप्से परिसूचक २७.५४ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले ओरालो लागेको छ। नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा पुगेको छ। यस दिन नेप्सेमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर…

२४ औं पोखरा सडक महोत्सवको तयारी

पोखरामा यही पुसको १३ गतेदेखि १७ गतेसम्म २४ औं संस्करणको सडक महोत्सव हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान, पोखरा)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्ने भएको हो। ‘पुसको १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म संचालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरेचोक हुँदै…

ढकिया बनाउँदै संगम सहकारीका दिदिबहिनीहरु

पोखरा–१५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ। ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई समेत आत्मसाथ राखी संस्थाका सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी ६ दिने हस्तकला तालिम संचालन गरेको हो। शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा…

 लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ। पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो। कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले…

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ। आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको सबैजसो तयारी सकिएको हो। मंसीर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन्। मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत…