समाचार »

तनहुँको देवघाट गाउँपालिकामा सार्वजानिक सुनुवाई

तनहुँको देवघाट गाउँपालिका–४, काफलडाँडामा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सो गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउनेगरी काम भइरहेको उल्लेख गरे। ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनशीलतालगायतका कार्यले देवघाट गाउँपालिकालाई उत्कृष्ट…

लेखनाथ महोत्सवलाई सफल पार्न आमा तथा महिला समुहको साथ

२० औँ संस्करणको लेखनाथ महोत्सव’ लाई सफल बनाउन लेखनाथका विभिन्न आमा÷महिला समुहहरुले सघाउने भएका छन्। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव हुँदैछ। महोत्सवलाई सफल बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभिन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सकृयतापूर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता…

हेल्प नेपाल स्पोर्ट्स काभा भलिबल क्लब भलिबलको फाइनलमा

नेपालको हेल्प नेपाल स्पोर्ट्स काभा भलिबल क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–० को सोझो सेटमा सहज जीत निकालेसँगै फाइनलमा स्थान सुरक्षित गरेको हो। काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले फाइनलका लागि शनिबार फाइनल खेल्नेछन्। च्याम्पियनसीप अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनलमा…

कास्की मोडर्नाइज्ड एन प्याव्सन खेलकुद च्याम्पियन

कास्की मोडर्नाइज्ड एकेडेमी च्याम्पियन १४ औं संस्करणको एन प्याव्सन खेलकुद महोत्सवको च्याम्पियन बनेको छ। एन प्याव्सन खेलकुद महोत्सवमा १ सय ७५ अंकका साथ कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन वनेको हो। यस वर्षबाट सुरु गरिएको रनिङ शिल्ड कास्की मोडर्नाइज्डले हात पारेको हो। नेशनल प्याव्सन कास्कीको आयोजना गरेको यस संस्करणको चाँदीजडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड…

पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न

पोखरा महानगरपालिकाको विशेष नगरसभाशुक्रवार सम्पन्न भएको छ। नगरसभाले महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ। ओ एन्ड एम प्रतिवेदनअनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ। स्वास्थ्यअन्तरगत संघीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कूल १ हजार १ सय ९१ दरबन्दी कायम छ। यस्तै महानगरपालिकामा कार्यरत श्रेणीविहीन बाहेक…

गण्डकी प्रदेश सभामा सुनिता थापाले शपथ लिइन्

गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। सभामुख कृष्णप्रसाद धितालले आज (शुक्रबार) थापालाई शपथ गराएका हुन्। यसअघि, गत कार्तिक २८ गते विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा थापा निर्वाचित भएकी हुन्। २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित गौचनको निधन भएपछि रिक्त पदमा…

भारतको क्यालिकट हिरोज काभा पुरुष क्लब भलिबलको फाइनलमा

भारतको क्यालिकट हिरोजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा फाइनलमा स्थान बनाएको छ। क्यालिकटले लिग चरणमा अपराजित रहेको इरानको युवा टोलीमाथि ३–१ को सेटमा जीत निकाल्दै फाइनल पुगेको हो। क्यालिकट हिरोजले इरानको यु–१८ को जुनियर टोलीलाई २१–२५ को अंकमा पहिलो सेट सुम्प्यो। क्यालिकट हिरोज, दोस्रो सेटबाट खेलमा फर्कदैँ २५–२२ ले इरानको यु–१८ को जुनियर युवा…

एनपीएल क्रिकेटमा विराटनगर किङ्सको दोस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले दोस्रो जीत हात पारेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो। चितवनका अमर रौटेलाले सर्बाधिक ४२ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। यसअघि,…

एनपीएल क्रिकेटमा कर्णालीले लुम्बिनीलाई हरायो

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो। लुम्बिनीका टम मूर्सले सर्बाधिक ३६ रन बनाए। सन्दीप जोराले २६ रन जोडे। आशुतोष घिरैया र साद बिन जफरले समान १६÷१६ रन…

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले माछाका भुराहरु छाड्यो

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि माछाका भुराहरु छाडने कार्यलाई निरन्तरता दिएको छ। अर्जुनचौपारी गाउँपालिका क्षेत्रभित्र पर्ने दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको सो गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दरौं खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुराहरु छाडेको हो। नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी ‘ए’ जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको…