समाचार »

पत्रकार महासंघ केन्द्रमा पनि युनियन–चौतारी प्यानलकै वर्चस्व

पत्रकार महासंघ केन्द्रमा पनि सत्ता साझेदार राजनीतिक पार्टी नेपाली काँग्रेस र नेकपा एमालेको पत्रकार घटकहरु प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल विजयी बनेको छ। यस पटकको महासंघ केन्द्रको निर्वाचनमा दुई ठूला पत्रकार घटकबाट बनेको संयुक्त प्यानलकी उम्मेदवार निर्मला शर्मा विजयी बनेकी हुन्। शर्मा नेपाल प्रेस युनियनकी हुन्। यस पटक युनियन र चौतारी गठबन्धन गर्दा…

पोखरा–९ को रेडक्रस उपशाखा सभापतिमा पुनः पहारी दोहोरिए

पोखरा–९ को नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभापतिमा पुनः राजेन्द्र पहारी दोहिोरिएका छन्। उपशाखाको ३१ औं साधारण सभा तथा नवौं अधिबेशनले पुनः राजेन्द्र पहारीको अध्यक्षतामा २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो। उपशाखाको उपसभापतिमा लक्ष्मी पहारी, सचिवमा बासुदेब तिम्सिना, कोषाध्यक्षमा उत्तम जोशी, उपसचिवमा संजय आचार्य, उपकोषाध्यक्षमा कृष्णबहादुर रानाभाट छन्। त्यसैगरी, सदस्यहरुमा शेषनारायण पौडेल, शम्भुलाल…

एन्फा कास्की–११ आदर्श कप च्याम्पियन

एन्फा कास्की २५ औं आदर्श कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। लेखनाथको भण्डारढिकस्थित लेखनाथ रंगशालामा शनिबार फाइनलमा सशस्त्र प्रहरी बल गण्डकी प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै कास्की च्याम्पियन बन्न सफल भएको हो। खेलको ४६ औं मिनेटमा सशस्त्रका प्रवीन स्याङ्तानले गोल गर्दै टिमलाई अग्रता दिलाए। ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याए। त्यसलगत्तै,…

भारतको क्यालिकट हिरोज काभा भलिबल क्लब च्याम्पियन

भारतको क्यालिकट हिरोज काभा भलिबल क्लब च्याम्पियन बनेको छ। काठमाण्डौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज शनिबार भएको फाइनल खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन बनेको हो। क्यालिकट हिरोजले घरेलु हेल्प नेपाल स्र्पोट्स क्लबलाई ३–१ को सेटमा हराउँदै क्यालिकट हिरोजले उपाधि जितेको हो। उत्कृष्ट प्रदर्शनसहित हेल्प नेपालले पहिलो सेट २५–२१…

तनहुँको म्याग्देमा नवनिर्मित अस्पताल भवनको उद्घाटन

तनहुँको म्याग्देमा नवनिर्मित अस्पताल भवनको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको आज (शनिबार) उद्घाटन गरेका हुन्। प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा अस्पताल भवन निर्माण गरिएको हो। अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी…

एनपीएल क्रिकेटमा चितवन राइनोजले जनकपुरलाई हरायो

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले हराएको हो। चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो। जनकपुरका जिमी नीशमले सर्बाधिक ६५ रन बनाए। ओपनर आशिफ शेखले २३ रन जोडे। चितवनका…

पत्रकार महासंघ गण्डकीमा पनि युनियन–चौतारी प्यानलकै जीत

पत्रकार महासंघ गण्डकीको निर्वाचनमा पनि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघ गण्डकीमा पनि यो २ प्यानलबीचकै कडा प्रतिस्पर्धा थियो। नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा…

एनपीएल क्रिकेटमा पोखराको चौथो हार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सलेव चौथो हार व्यहोरेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा काठमाण्डौ गुर्खाजसँग पोखरा एभेन्जर्स ६ विकेटले पराजित भएको छ। पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डौले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो। काठमाण्डौका स्टेफेन इस्किनाजीले सर्बाधिक ६० रन बनाए। त्यसपछि, माइकल लेभिटले…

पत्रकार महासंघ कास्कीमा चौतारी–युनियनको प्यालन विजयी

पत्रकार महासंघ कास्कीको निर्वाचनमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघको कास्कीमा यो २ प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो। महासंघ कास्कीको २२३ सस्दस्य (मतदाता) मध्ये २१० मत खसेकोमा…

गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटमा उपभोक्ता समितिलाई सम्मान

गोरखाको सहिद लखन गाउँपालिकामा शुक्रबार उपभोक्ता समितिलाई सम्मान गरिएको छ। गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रमअनुसार संचालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। उनकाअनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता…