समाचार »

एनपीएल क्रिकेटमा कर्णाली याक्सको दोस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले दोस्रो जीत निकालेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले हराएको हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। विराटनगरका निकोलस क्रिटोनले सर्बाधि ४० रन बनाए। कर्णालीका नन्दन यादवले ३ विकेट लिए। यस्तै,…

‘खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्न सकिन्छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्न सकिने बताएका छन्। पोखराको लेखनाथस्थित भण्डारढिकमा सुरु २५ औं संस्कणको आदर्श कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, खेल पर्यटनको माध्यमबाट यस क्षेत्रको विकास गर्न प्रदेश सरकारले लक्ष्य लिएको छ।’ मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय संभावना बोकेको स्थल भएको उल्लेख गरे।…

‘प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार नागिरकलाई रोजगार दिलाउन प्रभावकारी बन्यो’

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको दाबी गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री थापाले भने, ‘बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल बनेको…

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेश्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत निकालेको छ। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको हो। सुदूरपश्चिमको यो लगातार तेश्रो जीत हो। त्यसैगरी, लुम्बिनीको यो लगातार तेश्रो हार हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन…

पत्रकार महासंघमा गिरी नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी

पत्रकार महासंघको भावी नेतृत्वका लागि ६ घटकहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्। यही मंसीरको आउँदो २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल बनेको हो। निर्वाचनका लागि प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपालको संयुक्त प्यानल बनेको हो। संयुक्त प्यानलबाट…

५२ सदस्यीय पत्रकार महासंघको निर्वाचनमा १३३ को उम्मेदवारी

यही मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनले पत्रकारबीच सरगर्मी बढाएको छ। पत्रकारहरुको निर्वाचनका लागि केन्द्रमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा प्यानल बनेको छ। त्यसैगरी, प्रेस युनियन र प्रेस चौतारी इतरको प्रेस सेन्टर नेतृत्वमा पत्रकारहरुको ६ घटकहरुको अर्को प्यानल बनेको छ। यो प्यानलमा प्रेस सेन्टर नेपाल,…

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ। भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ। यसअघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो। यस्तै, उम्मेदवारमाथिको दाबी विरोधको समय पनि बढाइएको छ। यसअघि, शुक्रबार साँझ ७…

साम्पाङको धम्कीविरुद्ध संचारकर्मीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

सुनसरीका संचारकर्मीहरुले आफूहरु सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुबाटै असुरक्षित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्। शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो। नगरप्रमुख साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने…

एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सको पहिलो जीत

फ्रेचाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेट्टायो। पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए। एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १०४ रन…

रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै रास्वपाले दियो उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ। २ कार्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ। राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षणसमेत गराइएको छ। २० मंसीरको…