समाचार »

लमजुङमा १ वर्षमा ४७१ जनाले पाए रोजगारी

कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ। कार्यालयले जिल्लाका ८ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो। जसअन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन…

नेपालले केन्याविरुद्धको एक दिवसीय पहिलो खेलमा जित निकाल्यो

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो। केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेले। उनले १…

महेन्द्रपुलको हिमालयन गार्डेन मिनी मार्केट पनि नि:शुल्क सार्वजनिक शौचालय संचालनमा आयो

पोखरा महानगरपालिका वडा नम्बर ४ ले सार्वजनिक शौचालय संचालन गरेको छ। चिप्लेढुंगास्थित हिमालयन गार्डेन मिनी मार्केटसँगको सहकार्यमा गरेर वडा कार्यालयले सार्वजनिक शौचालय संचालनमा ल्याएको हो। उक्त शौचालयको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली र वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले शुक्रबार बिहान शुभारम्भ गरेका छन्। जनप्रतिनिधिको १०० दिन पुगेको उपलक्ष्यमा उक्त सेवा थालनी गरिएको…

पोखरा महानगरपालिकाको कर्मचारी कटौती गर्ने योजना

पोखरा महानगरपालिकाले कर्मचारी संख्या कटौती गर्ने योजना ल्याएको छ। सो योजनाअनुसार आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकाश योजना संचालन गरिने भएको छ। महानगरपालिकाले त्यसका लागि साढे १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहे महानगरबाट निश्चित रकम पाउनेछन्। महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले निश्चित अवधि पुगेका कर्मचारीलाई अवकाश जाँदा…

नवौं खेलकुद : गण्डकी प्रदेशका लागि खेलाडी छनोट जारी

प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पोखरामा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी छन्। बिहिबारबाट सुरु भएको प्रतियोगितामा १ दर्जन भन्दा वढीको अन्तिम नतिजा आइसकेको आयोजक प्रदेश खेलकुद परिषदले जनाएको छ। शुक्रबार एथलेटिक्स पुरुषतर्फ सम्पन्न ४०० मिटर दौडमा नवलपुरका नारायण चौधरीले स्वर्ण पदक हात पारे। उनले ५२.७० सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै, लमजुङका विनित…

नवौं राष्ट्रिय खेलकुद : प्रदेशस्तरीय खो खो खेलमा पुरुषतर्फ नवलपुर प्रथम

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशस्तरिय खो खो छनौट प्रतियोगितामा पुरुषतर्फ नवलपुर प्रथम भएको छ। पोखरा रंगशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पार्दै प्रथम बनेको हो। प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक जोड्यो। प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक बिशाल गुरुङले बताए।…

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित राष्ट्रियसभाले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ। विधायन व्यवस्थापन समितिमा आवश्यक छलफलपछि राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई शुक्रबार बहुमतले पारित गरेको हो। बैठकमा गृहमन्त्री बालकृण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रुपमा पुन: पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभा…

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा आज (शुक्रबार) दिउँसो सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ६३ हजार ८ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ। नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको…

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन्। निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका हुन्। आयोगले ती दलको दर्ता नंम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने…

१०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको भाउ तोलामा आज (शुक्रबार) एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…