
भारतको क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसीपमा पहिलो जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार क्यालिकटले माल्दिभ्सको क्लब एचडीसीलाई ३–० को सोझो सेटमा हराएको हो। क्यालिकटले पहिलो सेटमा २५–१३ ले सहज जीत निकाल्यो। दोस्रो सेटमा २५–२३ को कठिन जीत निकाल्यो। त्यसैगरी, तेस्रो सेटमा २५–२१ ले जित्यो। जीतसँगै…
पोखरामा विगतमा जस्तै यस वर्षपनि २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी तीब्र पारिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी २६ औँ संस्कणको ‘पोखरा सडक महोत्सव’ गर्ने भएको हो। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म ‘सडक महोत्सव’ हुन लागेको २६…
नवलपुरको गैँडाकोटमा सोमबार सामुदायिक कुकूरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गरिको छ। साथै, कुकूरहरुलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको छ। गैँडाकोट नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको संयुक्त आयोजनामा कुकरहरुको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको हो। गैँडाकोट नगरपालिका वडा नं. मिलनचोकमा चलाइएको शिविरमा गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, ५, ६, ७ र ८ नम्बर वडाका…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा लगिएको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोमबार बेलुकी हवाईमार्ग हुँदै वीरगञ्ज लगिएको हो। वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाईमार्गबाट सिमरा विमानस्थलसम्म लगेको थियो। त्यसपछि, सिमरा विमानस्थलबाट भने लामिछानेलाई…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। संघीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन्। मन्त्रालयमा आइतबार आयोजित संघीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरूसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्।…
युआरएल फाउन्डेसनले यस वर्षको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ डा खगेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरेको छ। त्यसैगरी, ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ बाट पत्रकार जमुना ‘वर्षा’ शर्मालाई सम्मान गरेको छ। युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको विशेष समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले श्रेष्ठ र शर्मालाई सम्मान गरेका हुन्। गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब…
यही मंसीरको आउँदो २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाली काँग्रेससम्बद्ध नेपाल प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा गठबन्धन बनेको छ। माउ पार्टीहरुको सत्ता साझेदार भएसँगै पत्रकारहरुको छाता संस्था पत्रकार महासंघको चुनावमा पनि सम्बद्ध पत्रकार घटकको नयाँ प्यानल बनेको हो। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच निर्मला शर्मा नेतृत्वको आधिकारिक संयुक्त प्यानल…
काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपमा इरानको यु–१८ को युवा टोलीले विजयी सुरुवात गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हरायो। यो जितसँगै १ खेल खेलेको इरानको यु–१८ का युवा टोलीले २ अंक जोडेको छ। इरानको यु–१८ युवा टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेकोे…
नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा लगातार दोस्रो जित निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघविरुद्ध ३–१ सेटको जित निकाल्यो। सुरुआती २ सेट ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। हेल्प नेपालले पहिलो सेट…
माल्दिभ्सको एचडीसीले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा विजयी सुरुवात सुरुवात गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हरायो। लगातार पहिलो र दोस्रो सेटमा जीत निकालेको गण्डकीले त्यसपछिको लगातार ३ सेट गुमायो। गण्डकीले पहिलो सेटमा २५–१८…