
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले इ–गर्भनेन्सलाई लागू गर्न सकेमा भ्रष्टाचार नियन्त्रणमा आउने बताएका छन्। काभ्रेस्थित काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबले शुक्रबार, आयोजना गरेको ‘आइटी मिट २०२४’ लाई सम्बोधन गर्दै सरकारले अघि सारेको कार्यक्रम डिजिटल नेपाल फ्रेमवर्कमार्फत इ–गर्भनेन्सलाई लागू गर्न सकेमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबी गरे। नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘डिजिटल…
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्। सहकारी ठगीको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न डा भट्टराई पोखरा पुगेका हुन्। हिरासतमा लामिछानेको सुरक्षा र स्वास्थ्य अवस्थाबारे जानकारी आफू पोखरा आई पुगेको डा भट्टराईले पोखराका संचारकर्मीहरुलाई बताएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि…
पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ। यसअघि, पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयबीच भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो। पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो जित निकालेको छ। जारी लिगमा आफ्नो तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको हो। कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णालीले चितवनमाथि ६ विकेटको जीत निकाल्यो। चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन…
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाई गरेको सडकको निरीक्षणमा पुगेका छन्। मन्त्री केसी बिहीबार क्व्हाेंलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ स्थित भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन्। मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ। सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा विहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर ५ बलमा ९४ रनमा अलआउट बन्यो। काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए। भीम सार्की र गेरहार्ड इरास्मसले समान…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा विहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो। पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै ३ विकेट गुमाएर भेट्टाायो। जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे। त्यसपछि,…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ। सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिँजो बुधबार अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको हो। हिजो बुधबार दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। आज बिहीबार पनि प्रदर्शन…
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको चितवनमा दोस्रो दिनको बयान सकिएको छ। सहकारीको रकम हिनामिनाको आरोपमा बयानको लागि चितवन लगिएका लामिछानेसँग त्यहाँ २ दिन लगाएर बयान लिइएको थियो। कार्यालय समय खुलेसँग आज बुधबार चितवन प्रहरी हिरासतबाट सरकारी वकिल कार्यालय लगिएका लामिछानेको दोस्रो दिन १० घण्टासम्म बयान लिइएको थियो। चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेल र जिल्ला…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले पहिलो जीत निकालेको छ। विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो। लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। विराटनगरका लोकेश बमले सर्वाधिक ७१ रन बनाए। यस्तै, बसिर अहमदले ४० जोडे। मार्टिन गप्टिलले २८ थपे। क्रिस सोलले ४ बलमा नटआउट…