समाचार »

मिडिया काउन्सिल विधेयक प्रस्तुत

मिडिया काउन्सिल विधेयक प्रस्तुत भएको छ। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रस्तुत गरेका हुन्। सञ्चारमन्त्री कार्कीले विधेयक प्रस्तुत गर्दै अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित नबन्ने उल्लेख गरेका छन्। साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे। सरकारले ल्याएको मिडिया…

पोखराका निजी शौचालयहरु सार्वजनिक प्रयोगमा आयो

पोखरा महानगरपालिकाले आज (विहीबार) देखि व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले नि:शुल्क प्रयोग गर्ने गरी संचालनमा ल्याएको छ। पोखराको बजार क्षेत्रका महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो। पोखराको न्यूरोडस्थित सिटी स्क्वायर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले सो पार्टी प्यालेसको निजी शौचालयको उद्घाटन समेत गरे। महानगरले सार्वजनिक सूचना…

राष्ट्रिय खेलकुद : गण्डकीमा खेलाडी छनोट सुरु

यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आज (बिहिबार) बाट गण्डकी प्रदेशस्तरिय खेलकुद प्रतियोगिता सुरु भएको हो। लगातार भारी वर्षाका कारण प्रदेशस्तरिय प्रतियोगिताको उद्घाटन कार्यक्रम भने हुन सकेन। गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली…

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयकप्रति आपत्ति

नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयक संशोधनका लागि पटक पटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी बिद्येयक पारित गरिएकोप्रति आपत्ती जनाएको छ। श्रावण ३१ गते प्रतिनिधि सभामा धेरै सतापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी विद्येयक पारित गरेको जनाइएको छ। एशोसिएसनका अध्यक्ष डा. केदार राज पाण्डे र सचिव डा…

काठमाडौं ४ बाटै चुनाव लड्ने गगन थापाको स्पष्टोक्ति

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने स्पष्ट पारेका छन्। आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा…

कास्कीबाट काँग्रेस महामन्त्री गगन थापाको उम्मेदवार बन्ने चर्चा

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सिफारिसमा परेका छन्। नेपाली काँग्रेस कास्कीका नेता तथा कार्यकर्ताको आग्रहमा प्रतिनिधिसभा सदस्यमा थापाको नाम सिफारिस गरिएको हो। कास्की काँग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिको बैठकले थापाको नामसमेत सिफारिस गरेको हो। कास्की काँग्रेसका सचिव भानु ढकाल भानु…

निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु गरियो

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ। महाभियोग सिफारिस समितिले आज (बुधबार) जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो। यसअघि, बन्द कोठाभित्र जवाफ लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो। जसका कारण जवाफ लिन ढिलाई भएको थियो। समितिका सदस्यसमेत रहेका…

टी–२० वरीयतामा नेपाल अझ एक स्थान तल खस्कियो

टी–२० अन्तरराष्ट्रिय क्रिकेट वरीयतामा नेपाल अझ एक स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज (बुधबार) सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो। यसअघि, नेपाल १५ औँ स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा छ। केन्याविरुद्धको ५ खेलको टी–२० श्रृंखलाको उपाधि वितेता भएपनि नेपालको…

नेपाल पुलिसलाई महिलातर्फ लामाचौर भलिबलको उपाधि

नेपाल पुलिस क्लबले २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा न्यूडायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ। उपविजेता न्यूडायमण्डले १ लाख १११ नगद पुरस्कार पायो। फाइनलमा पुलिसले २५–१५, २५–१४ र…

श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) खुला गरेको छ। लघुवित्तले बुधबारदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई…