समाचार »

काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालको विजयी सुरुवात

हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसीप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत आइतबार सुरु उद्घाटन खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले जित्यो। त्यसपछिको दोस्रा सेटमा हेल्प नेपालले क्यालिकट हिरोजसँग…

हिमालयन बोर्डिङ र सरस्वती आदर्श प्याब्सन स्पोर्ट्स मिट च्याम्पियन

हिमालयन बोर्डिङ र सरस्वती आदर्श स्कूल १८ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । पोखरामा आयोजित ५ दिनसम्म चलेको स्पोर्ट्स मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन्। रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा. टेकनारायण पौडेलले बताएका छन्। आइतबार…

आदर्श कप फुटबलः विभागीय डर्बीमा एपीएफ विजयी

आदर्श कप फुटबल प्रतियोगिताको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ। पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी २५ औँ संस्करणको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय एपीएफले अर्को विभागीय नेपाली सेनाको सिद्धि दल गण पश्चिम पृतनालाई ३–१ गोल अन्तरले हरायो। विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय (एपीएफ) का लागि नवराज मगर, रन्जित चौधरी र…

एनपीएल क्रिकेटमा चितवन राइनोजको तेस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले तेस्रो जीत निकालेको छ। चितवनले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमा समेटियो। सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। त्यसैगरी,…

एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सको लगातार चौथो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले हराएको हो। जनकपुरको यो लगातार चौथो जीत हो। उता, लुम्बिनीको यो लगातार चौथो हार हो। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेट गुमाएर १३५ रन मात्र बनायो।…

पर्वत, मोदीको लिदीखोलामा ७ महिनाअगावै मोटरेबल पुल बन्यो

पर्वतको मोदी गाउँपालिका–६, तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ। गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिवार उद्घाटन गरेका छन्। डिमुवा–राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा ७ महिनाअगावै गत भदौमै सम्पन्न भएको थियो। पुल उद्घाटन गर्दै मन्त्री…

तनहुँको आँबुखैरेनी अस्पतालबाट शल्यक्रिया सेवा सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबारदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पतालको स्वास्थ्य सेवाअन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी.एस. (सीइओएन केन्द्र संचालनको अनुमती प्रदान भएपछि) लगायतका शल्यक्रिया सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आइतबार अस्पतालमा ५९ वर्षका बिरामी माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरिएको थियो। पहिलो सफल शल्यक्रियासँगै अस्पतालबाट…

यस्तो छ, पत्रकार महासंघमा प्रेस सेन्टरलगायतको प्यानल

यही मंसीरको २८ गते हुने पत्रकार महासंघको निर्वाचनमा रमेश विष्ट अध्यक्षको प्रत्यासी रहनेगरी प्रेस सेन्टर नेपालसहितको प्यानल बनेको छ। यसअघि, रमेश विष्ट पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिए। उनी नेपाली काँग्रेससम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियनका हुन्। यो पटक सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेसम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको…

राप्रपा नेता ज्ञानेन्द्र शाहीले रबि लामिछानेलाई कास्की हिरासतमा भेट गरे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले भेट गरेका छन्। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल कास्की प्रहरीको हिरासतमा रहेका रबिलाई भेट्न शनिबार दिउँसो राप्रपाका प्रवक्तासमेत रहेका सांसद शाही पोखरा आई पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै पुगेर शाहीले रबिसँग भेटघाट गरेका हुन्। शाहीले लामिछानेलाई हिरासतमा भेटेर उनको सुरक्षा र…

आयोजक आदर्श युवा क्लबको विजयी सुरुवात

आयोजक आदर्श युवा क्लबले आदर्श कप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श क्लबले तनहुँ एन्फालाई १–० को कठिन जित निकालेको हो। पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबारदेखि सुरु आदर्श कप फुटबलमा आयोजक टोलीका सजिन मगरले निर्णायक गोल गरेका थिए। सजिनले खेलको ४१ औंं मिनेटमा गरेको गोल नै उक्त खेलको निर्णायक गोल…