
नेत्रहीन टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित बनेको छ। नेपाललाई हराएसँगै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। पाकिस्तानको मुल्तानमा आइतबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १० विकेटले हरायो। नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५ ओभर ३ बलमा १ विकेटपनि नगुमाई भेट्टायो। पाकिस्तानका कमरन अख्तरले सर्वाधिक ६३ रन बनाए। त्यसपछि, बाबर…
पोखरेली स्रष्टा दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मान गरिएको छ। नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान गरेको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले स्रष्टा ‘समीप’लाई पुरस्कार प्रदान गरेको हो। पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ‘समीप’लाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। साहित्यकार…
फेसबुक र टिकटमाथि सरकारले कडा निगरानी गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घृणा, भ्रम र अफवाह फैलाउने सामग्री पोष्ट गरे साइबर मुद्दा लाग्ने जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा ‘जस्तोस्कै सामग्रीहरु पनि’ लेखेर पोस्ट गर्ने विकृति बढेपछि सरकारले कडा निगरानी थालेको हो। फेसबुक टिकटक, घृणाजन्य र भ्रम फैलाउने पोस्ट पढ्न…
नेपालकै खेल इतिहासमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) सुरु भएको छ। बहुप्रतिक्षित एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टले विजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा भेट्टायो। जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ रन…
विगतमा जस्तै यस वर्षपनि एन प्याब्सन कास्कीले खेलकुद महोत्सवको आयोजना गर्दैछ। यही मंसीरको २५ गतेदेखि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) कास्कीले १४ औं संस्करणको महोत्सव गर्न लागेको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। खेल महोत्सवमा कक्षा १ देखि ७ कक्षासम्मको छात्र/छात्रा जुनियरतर्फका विद्यार्थीहरुले १०० मिटर, २०० मिटर, ४०० मिटर,…
पर्यटकीय महानगर पोखरेली बासिन्दाले अब शुद्ध खानेपानी पिउने सपना पूरा गर्दैछन्। पोखरेलीले ५० वर्ष अघिदेखिको सपना पूरा गर्ने भएका हुन्। योसँगै, पोखरेलीले बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्फत शुद्ध खानेपानीको उपयोग गर्न पाउनेछन्। अब, पोखरेली उपभोक्ताको घर–घरमा शुद्ध खानेपानीको सुविधा पुग्नेछ। पोखरा महानगरपालिकाद्वारा संचालित खानेपानी सुधार आयोजना निर्माण पूरा भएपछि पोखरेली उपभोक्ताको शुद्ध खानेपानी पिउने सपना…
विगतमा जस्तै यस वर्षपनि एन प्याब्सन कास्कीले खेलकुद महोत्सवको आयोजना गर्दैछ। यही मंसीरको १९ गतेदेखि निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) कास्कीले १८ औं संस्करणको स्पोर्ट्स मिट गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। यससँग, पोखरा रंगशालामा हुने १८ औं संस्करणको प्याब्सन कास्कीे स्पोर्टस् मिट–२०८१ लाई सफल बनाउन आयोजक संस्था प्याब्सन कास्की…
प्रतिभा उच्चमावि १७ औं हिसान कास्की स्पोर्ट्स मिटको च्याम्पियन बनेको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको यस संस्करणको हिसान स्पोर्ट्स मिटमा प्रतिभा च्याम्पियन बनेको हो। स्पोर्ट्स मिटमा समावेश ४ खेलमा नै प्रतिभाको गतिलो प्रदर्शन रह्यो। प्रतिभा ३१ अंकसहित च्याम्पियन बनेको हो। प्रतिभाले छात्र÷छात्रा दुबैतर्फको बास्केटबलमा विजेता बन्दै ७÷७ गरी…
पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट हुँदैछ। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मंसीर २७ गतेसम्म चल्नेछ। पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। महोत्सवमा पर्वतीय वातावरणसम्बन्धी अन्तरक्रियासहित आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङललायतका खेलकुद हुनेछन्। महोत्सवमा पर्यतीय सभ्यता, कला, संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ। महोत्सवको पहिलो…
एसीसी यु–१९ पुरुष एशिया कपको पहिलो खेलमा नेपालको खराब सुरुवात गरेको छ। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा अलआउट भयो। नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए। श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए। यसअघि, युएईको शारजहामा टस हारेर…