समाचार »

एसीसी यु–१९ पुरुषको एशिया कपमा नेपाल–श्रीलंका पहिलो खेल खेल्दै

एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ। युएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरू हुनेछ। प्रतियोगिताको अन्तिम तयारीस्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग ५ खेलको एकदिवसीय अभ्यास श्रृंखला खेलेको थियो। यो श्रृंखला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका…

‘सरकारको प्राथमिकतामा सूचना प्रविधिको विकास र प्रयोग’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित ‘विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइने उल्लेख गरेका छन्। नेपाल सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रविधिको प्रयोगमार्फत सबै स्थानीय…

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा गण्डकी प्रदेश भौतिकमन्त्री केसीको निरीक्षण

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन्। मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो। निरीक्षणका क्रममा मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका…

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट पहिलोपटक निजी विमान ओर्लियो

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट पहिलोपटक निजी विमान ओर्लिएको छ। भारतको नयाँ दिल्लीबाट सिधै आएको युरोपेली कम्पनी जेल एयरको डीइ–इकेजेड सिंगल इन्जिन निजी विमान (बिहीबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। निजी विमान चालक दलका ४ सदस्यसहित ४ विमान पोखरामा साँझ पौने ६ बजे ओर्लिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। विमान विहीबार राति पोखरामै बसेर शुक्रबार बंगलादेश…

सूचना आयोगको सुझाव छ, ‘सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति विवरण सार्वजनिक गरौँ’

राष्ट्रिय सूचना आयोगले सबै सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ। ‘हाल, प्रचलनमा रहेका कानुनले सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था गरेकोले भ्रष्टाचार बढेको ठहर गरेको छ’, आयोगको सुझावमा उल्लेख छ। आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो वार्षिक प्रतिवेदनमार्फत ‘भ्रष्टाचार नियन्त्रण गर्न, जवाफदेहिता कायम गर्न, पारदर्शिता बढाउन सार्वजनिक…

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजना बनाएको छ। त्यसका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखराअन्तर्गतको एक योजनालाई…

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको तेस्रो हार

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल तेस्रो पटक पराजित बनेको छ। नेपाल आफ्नो पाँचौं खेलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले १ विकेटपनि नगुमाई ४० बलमै भेट्टायो। पाकिस्तानका नैमतले सर्वाधिक ६९ रन बनाए। त्यसैगरी, सफदारले २४ रन बनाए। यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट…

‘सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजन पुग्नेछ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुग्ने बताएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालद्वारा आज पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने उल्लेख गरे। नेपाल सरकारका…

पोखरामा ‘कमाउँदै, सिक्दै’ मान्यताको दक्ष जनशक्ति उत्पादन बृद्धिबारे छलफल

होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्नेबारे बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ। होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानीत रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ‘कमाउँदै, सिक्दै’ भन्ने मान्यताअनुरुप इन्स्योरअन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसीप) संचालनको…

संचारमन्त्रीको आग्रह, ‘आधारहीन समाचारहरुको पछि नलागौं’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आधारहीन समाचारको पछि नलाग्न संचारमाध्यमहरुसमक्ष आग्रह गरेका छन्। ‘सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएको छ’, संचारमन्त्री गुरुङले चिन्ता व्यक्त गरेका छन्। काभ्रेपलाञ्चोकबाट संचालित ‘मदानी बिट डटकम’ समाचार ‘न्यूज पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज (मंगलबार) धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्न मिडियाहरुसँग…