
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) निर्वाचित भएकी छन्। बिहीबार पोखरामा सम्पन्न प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। जसको उपाध्यक्षहरुमा लिला बि.क. (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन्। त्यसैगरि, सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) निर्वाचित भएकी छन्। कोषाध्यक्षमा दिलमाया पुन…
नेपाल भारतको सिक्किममा सम्पन्न प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ च्याम्पियन बनेको छ। फाइनलमा नेपालले सिलोङ लाबोटमाथि ५९–२७ ले जित निकाल्यो। नेपालका अर्को नेपाली टोली आइएसए नेपाल तथा सिलोङ डुबख क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो। सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो। तस्बीर : एजेन्सी
रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएकी छन्। गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा एकातोरिनालाई अनुबन्ध गरेको हो। एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुन्। उनले रसिया तथा मगोलियामा हुने घरेलु प्रतियोगिताहरू खेल्दै आएकी छन्। एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताएकी छन्। उनले भनिन्,…
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीताकुमारी साहुले नेपालगन्ज १० किमि ‘नाइट रन’को उपाधि जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्रीकालीन दौडमा पालले ३१ मिनेट ०७ दशमलव २१ सेकेण्डमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्। यसमा सशस्त्र प्रहरी बलका नेपाल एपीएफ क्लबका सन्तोषविक्रम बिष्ट दोस्रो…
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल ओमानसँग पराजित भएको छ। गुल्सन झाले अर्धशतकसहित ५ विकेट लिएपनि नेपाल ओमानसँग पराजित भएको हो। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो। नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो। ओमानका जतिन्दर सिंहले सर्वाधिक…
निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचनको मिति तोकेको छ। आगामी मंसीरको १६ गते (आइतबार) का दिन उपनिर्वाचन हुने तय गरेको छ। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो। कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको…
नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले संविधानको रक्षा र कार्यान्वयनका लागि अखिल क्रान्तिकारी महिलाहरु सचेत र सजग रहन अपिल गरेकी छिन्। अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेशको पोखरामा सुरु प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भुषालले संविधानमाथि चुनौति थपिएको उल्लेख गरिन्। पार्टीकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी भुषालले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त संविधानबारे बेमौसमको बाजा बजाइन थालेको भुषालको आरोप…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले संचार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशील क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताए। उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशील छ। अहिलेसम्म…
काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ। माल्दिभ्सको मालेमा मंगलबार भएको खेलमा पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१५ ले जित्यो। जितसँगै तीन खेलमा नौ अंक जोडेको पुलिसले फाइनल सम्भावनालाई बलियो बनाएको छ।…
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपाल एक १०३ रनले पराजित भएको हो। क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १५० रनमा अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए। क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिए।…