
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग आइतवार कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्। उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको उनको भनाई छ। उनले हरेक कुरामा विशिष्ट…
पेरिस पारालम्पिक २०२४ मा नेपाललाई पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ। पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र गण्डकी प्रदेश सरकारका तर्फबाट १ लाख ५० हजार सहित सम्मान गरिएको हो। गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा सहारा क्लव पोखराले सहयोग गरेको छ। सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई प्रदान गरेको हो। समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका समाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई संयुक्त रुपमा चेक हस्तान्तरण…
पत्रकार परशुराम शर्मालाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सहारा उत्कृष्ट बर्ष खेलकुद पत्रकारिता पुरस्कार–२०८० बाट नेपाल टेलीभिजनका कास्की संवाददाता शर्मालाइ २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ। २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध शर्मा नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन्। यस्तै, लिलबहादुर थापालाई सहारा उत्कृष्ट सदस्य सम्मान प्रदान गरिएको छ। गण्डकी…
आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। महासंघको निर्वाचन समितिले शनिबार साँझ नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय तोकेको छ। यस्तै, असोज ४ गते नै साँझ…
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीमाथि ६६ रनले जित निकालेको छ। टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो। नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १८१ रन बनाएर अलआउट बन्यो। नेपालका ललितनारायण राजवंशीले ४,…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १८ औँ वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुक्रबार उद्घाटन समारोह कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘सामुदायिक रेडियो क्षेत्रमा क्यान्सरै त…
विमला भण्डारी गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रारमा नियुक्त भएकी छन्। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो। गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिएका छन्। उनी, गण्डकी प्रदेशकै पहिलो रजिस्ट्रार बनेकी छिन्। प्रेस रजिस्ट्रारको कार्यकाल ४ वर्षको रहनेछ। भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन्। प्रेस रजिस्टार…
नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आज (शुक्रबार) एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड वितरण गरेको छ। अवार्डको २१ औं संस्करणमा मञ्चले २०८० सालमा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र कराँतेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ बने। रोहित,…
नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक धकेलिएको छ। नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते निर्वाचन गर्ने गरी मिति तोकेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका छन्। यसअघि, महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा…