
पोखराका पत्रकारहरु अमृत सुवेदी र परशुराम शर्मालाई नेपाल हवाई खेलकुद संस्था (ना) ले सम्मान गरेको छ। संस्थाको साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो। सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख र शर्मा नेपाल टेलिभिजनका संवाददाता हुन्। पत्रकारद्वयलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का…
त्रिदिप गुरूङ अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका अध्यक्षमा चयन भएका छन्। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलनबाट त्रिदिपको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। खुल्ला उपाध्यक्षहरुमा वसन्त भट्टचन, सरोजवल्लभ भट्टराई, अशोक मरहट्टा निर्वाचित भएका हुन्। त्यसैगरी, समावेशीतर्फको उपाध्यक्षमा कुलबहादुर बुढा निर्विरोध निर्वाचित भएका छन्। छात्रा उपाध्यक्षतर्फ सिता बराल निर्विरोध निर्वाचित भएका छन्। प्रमुख सचिवमा सुजन बास्तोला…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन्। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रालिद्धारा आयोजित ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल…
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले प्रदेशले प्राप्त गरेको…
स्थानीय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ। केहि दिनअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो। गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो। तर, फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले…
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। तेस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन्। उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको उनले स्विकारेका छन्। ‘बाह्य सरोकारवाला पक्षहरूले…
प्रेस सेन्टर नेपालले आफ्नो नेतृत्वमा पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ। संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र अकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो। संगठनका महासचिव…
पोखरा महानगरपालिका–२३, कुद्वीडाँडास्थित श्री हर्पनकोट माध्यमिक विद्यालयको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा विद्यालयको पछिल्लो शैक्षिक अवस्था र सुधारका पक्षहरू बारे छलफल तथा अन्तरक्रिया गरिएको हो। सो क्रममा नगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक अवस्थाप्रति सन्तोष व्यक्त गरे। थप सुधारका लागि आवश्यक पहल गरिने…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन्। गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन्। ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती…
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन्। २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सय दिनमा आफूले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन्। उनको १०० दिन २०८१ भदौ २० गते पुगेको हो। १०० दिनमा सामाजिक विकासतर्फ र ९६ दिनमा…