
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ। बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको…
राष्ट्रिय अपांग कोषले बिहीबार पोखरामा ह्विलचेयर वितरण गरेको छ। कोषले विषेशज्ञवाट नापजाँच एवं तालिमसहित ओम हङ गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई बितरण गरेको हो। राष्ट्रिय अपांग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको…
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने कुरामा जोड दिएकी छिन्। वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले परिणाममुखी योजनाहरुमा जोड दिएकी हुन्। ‘योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन’, मन्त्री जिसीले उल्लेख गरिन्, ‘अब परिणाममुखी योजनाहरुमा जोड…
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले युवालक्षित कृषि कार्यक्रममा जोड दिएका छन्। उनले युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताए। कोइराला भन्छन्, ‘नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिन्छ।’ वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेपालमा कृषि क्रान्ति : सम्भावना र चुनौती…
सहारा क्लब पोखराले गत माघमा आयोजना गरेको २३ औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ। क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार रुपैयाँ घाटा भएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिएका छन्। उनले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए। प्रतियोगिताको इतिहासमा…
नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्। महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्। ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको…
प्रजातान्त्रिक आन्दोलमा योगदान गर्ने ११ जना योद्धाहरुलाई पोखरामा सम्मान गरिएको छ। विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई आज (बुधबार) सम्मान गरेको हो। दुुर्गादत्त पौडेल (नवलपुुर), तीलबहादुुर गुुरुङ (गोरखा), सानुुमाया गुुरुङ (लम्जुुङ), बुुिद्धकुुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कंडेल…
त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ। उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो। पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा…
परशुराम शर्मालाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो। उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल…
कास्कीको रुपा गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भावस्था परीक्षण गर्न आउने प्रत्येक गर्भवती महिलालाई एक क्रेट कुखुराको अण्डा प्रदान गर्ने कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाको गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक १÷१ क्रेट कुखुराको अण्डा वितरण कार्यक्रमको सुरुआत गरेको हो। ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका…