
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग गरेको छ। मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ। जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष…
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो। मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले २ लाख रुपैयाँ पुरस्कार पाए। सहायक प्रशिक्षक भरत यादव,…
पोखरा–१६ स्थित बाटुलेचौरमा आयोजित ‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ चार दिनसम्म संचालन हुने भएको छ। पोखरा–१६ वडा कार्यालयको समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मूल आयोजक समितिकी संयोजक वडासदस्य राजकुमारी वाँनियाले जानकारी दिइन्। वडाभित्रका आमा समुहले मेलाको आन्तरिक तयारीलाई तीब्र पारेका छन्। परम्परागत रूपमा…
नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघु सितापाइला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष…
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवनको निर्माण भएको छ। समुद्री सतहबाट ३ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ। मुक्तिनाथ मन्दिर नजिकै ३ करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा…
घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले २० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हरायो। पहिलो हाफमा १ गोल गरेको बंगलादेशले दोस्रो हाफमा ३ गोल थप्यो। बंगलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे। यस्तै, खेलको ५४ औं मिनेटमा गोयरी, ७० औं…
पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन्। परिषदको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी २ बर्षे कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। त्यसैगरी, परिषदको ६ जना सदस्य चुनिएका छन्। परिषदको सदस्यहरुमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम…
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मलेसियाको लिकस रंगशालामा बुधबार भएको खेलमा घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘सी’ को एपीएफले पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नासफसँग १–० ले पराजित भएको थियो। त्यसैले, दोस्रो खेलमा एपीएफलाई जित्नै पर्ने दबाब थियो। तर, एपीएफले…
पोखरा–५, मालेपाटनमा यस वर्षपनि तीज गीत र महिलाहरुको खेलकुद प्रतियोगिता हुने भएको छ। तीजको अवसरमा सूर्यचन्द्र विकास समाज आयोजनामा १७ देखि २१ भदौसम्म मालेपाटन चौरमा उक्त प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जनाइएको हो। तीज विशेष कार्यक्रमअन्तर्गत खुला तीज गीत र अन्तरमावि छात्रा भलिबल प्रतियोगिता एवं स्रष्टा (महिला) सम्मान गरिने संस्थाकी अध्यक्ष कमला गौतमले जानकारी…
गण्डकी मेडिकल कलेजले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदैछ। पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजले पोखरा–२७, लेखनाथस्थित रिट्ठेपानीमा मेडिकल कलेज र शैक्षिक भवन छुट्टाछुट्टै बनाउन लागेको हो। कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले शनिबार भवनको शिलान्यास गरे। अस्पतालको आफ्नै जग्गा रहेको पोखरा–२७ छत्रेढुंगामा ४ लाख ५० हजार वर्ग फिटमा मेडिकल कलेज भवन बनाउन लागेको अध्यक्ष…