समाचार »

कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी

कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी भएका छन्। नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा बरालले १०७ मत ल्याएर विजयी बनेका हुन्। पार्टीको ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवारहरु प्रतिस्पर्धी थिए। सचिवमै उठेका पोखराका मेयर धनराज आचार्यले ७५ मतसहित पराजित बने। सचिव पदमा शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोमप्रसाद पाण्डेले १४१…

पाल्पामा एकैपटक २१ पत्रकार पुरस्कृत

पाल्पामा  एकै मञ्चबाट २१ जता पत्रकारहरुले पत्रकारिता पुरस्कार पाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले २१ जना पत्रकारलाई एउटै मञ्चबाट पुरस्कृत गरेको हो। महासंघले तानसेनमा आज (मंगलबार) एक समारोह आयोजना गरी जिल्लाका २१ क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो। जसअन्तर्गत लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष झपेन्द्र गैरे र…

पोखराको लामाचौरमा यस वर्षपनि भलिबल प्रतियोगिता हुने

पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सवमा यस वर्षपनि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताले निरन्तरता पाउने भएको छ। महोत्सवको मुख्य आकर्षण नै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हुने गर्दछ। महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप भलिबल प्रतियोगिता हो। दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले प्रतिस्पर्धा गर्नेछन्।…

पोखराको लामाचौरमा यस वर्षपनि तीज महोत्सवको तयारी

पोखराको लामाचौरमा यस वर्ष पनि तीज महोत्सवले निरन्तरता पाउने भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको हो। संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुन गइरहेको सो महोत्सवका लागि नाकोड्स तयारीमा जुटेको छ। तीज…

माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरिय परामर्श बैठक सकियो

नेकपा (माओवादी केन्द्र) को पोखरामा बसेको दुई दिने गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सकिएको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीको करीव एक दर्जन शीर्ष नेताहरुको उपस्थिति रहेको बैठक आइतबारदेखि सुरु भएको थियो। पार्टी मातहत गण्डकी प्रदेशभित्रका रहेका केन्द्रीय समिति सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु बैठकमा सहभागी थिए। बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा…

नेपाल साफ यु–२० च्याम्पियनसीपको फाइनलमा

नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो। टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए। यस्तै,…

पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइयो

‘भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व छ’ पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ। ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ। सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य…

पोखरामा नेवारी संस्कृतिको ताया मचा प्रतियोगिता

पोखरामा नेवारी संस्कृतिको महिला तथा पुरुष ताया मचा प्रतियोगिता सकिएको छ। गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको ताया मचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् । नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी २८ समूहको प्रतिस्पर्धा थियो।…

सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्दै

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको संचालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन्। मन्त्री गुरुङलेले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति…

स्याङ्जाको चापाकोटमा जिल्ला प्रशासनको सार्वजानिक सुनुवाई

स्याङ्जाको चापाकोट नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयुक्तरूपमा सो नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो। सार्वजानिक सुनुवाई कार्यक्रममा प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय, जिल्लाको शान्ति सुरक्षा, लागुओैषध दुरूपयोगसम्वन्धी विषयमा स्थानीय नागरिकवीच छलफल भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफू जिल्लामा आए यता…