
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे। बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल…
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो। यद्यपि, टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल संचालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचीकृत भएको सामाजिक सञ्जालको ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ तोक्नुपर्ने शर्त अघि सारेको छ। साथै, सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग…
प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयका निम्ति संचारसम्बद्ध पुराना सामग्री उपलब्ध गराइदिन सार्वजनिक अपिल गरेको छ। बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस संग्रहालयका लागि संचारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न संचार माध्यम, संचार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैरसरकारी निकायहरूलाई अपिल गरेको हो। काउन्सिलले संग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनैपनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने, ‘समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने हो, त्यसको सदुपयोग हुनुपर्छ।’ ‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग…
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ। यसअघि, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको हो। तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको काँग्रेससहितको गठबन्धन सरकारमा संचार तथा सूचना प्रविधि…
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन…
पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। समयमै उपचार नपाएका कारण नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुषालले बताए। गाउँपालिकाले आम नागरिकलाई अनुभुति हुनेगरी निःशुल्क एम्बुलेन्स सेवा अघि सारेको उल्लेख उनले गरे। उनले भने, ‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय…
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे। नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो। जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।…
गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराले आइतबार सूचना निकालेर ७१ जना न्यायिक सहजकर्ता माग गरेको हो। सूचनामा गण्डकी प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनोट गरी करार सम्झौता गराई कार्य गराउने उल्लेख छ। कानूनमा स्नातक २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।…
गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको गल्फ प्रतियोगितामा विजयी विष्टले ९ होलको खेलमा ३ अण्डर हान्दै २१ स्कोर बटुले। त्यस्तै, ३ होलमा पार, १ मा त्रिपल बुगी र ५ होलमा बुगी खेले। ५ होलमा पार, एउटामा…