
नेपालमा १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट हुने भएको छ। छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागि हुनेछन्। यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन संचार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया संग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ’, मन्त्री…
राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा ‘रासस मिडिया संग्रहालय’को स्थापना गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय भवनमा ‘मिडिया संग्रहालय’ को स्थापना गरिएको हो। संचार माध्यमको क्षेत्रमा लामो इतिहास बोकेको राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएका छन्। संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको हो। मिडिया प्रविधिमा आएका…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगतको विकास हुन नसक्ने उनले औँल्याए। अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा शुक्रबार अध्यक्ष बस्नेतले भने, ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन…
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल) ले विहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक काम–कारबाहीमा पूर्ण जिम्मेवार रहने बताए। प्रदेश प्रमुख भट्टले भने, ‘प्रदेश…
पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ। ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ। सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा…
चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीसँग पराजित बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो। जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा…
पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ। सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ। न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताएका छन्। त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित…
पोखरामा अब्बल ६ युवाहरु सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार नेकपा एमाले कास्कीले उनीहरुलाई सम्मान गरेको हो। एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवाहरु सम्मानित भएका हुन्। नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण…
तनहुँस्थित भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु कडा आन्दोलनमा उत्रिएका छन्। प्राणी उद्यानका लागि जग्गा उपब्ध गराएर योगदान गरेका प्रभावित जग्गाधनीहरुले हालसम्म पनि जग्गाको मुआब्जा नपाएपछि आन्दोलित बनेका हुन्। मुआब्जा पीडित संघार्ष समितिको आयोजनामा आज (आइतबार) देखि जग्गाधनीहरुले मुआब्जाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। यसअघि, साउनको गत १८ गते बसेको जग्गाधनीहरुको वृहत् भेलाले आन्दोलन गर्ने निर्णय गरेको…