
सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ। आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो। सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती…
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको आन्तरिक राजश्व बृद्धि गरेको दाबी गरेका छन्। करिब करिब मन्त्रीबाट विदा हुने अवस्थामा पुगेका मन्त्री बरालले मन्त्रालयमै आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो बताएका हुन्। मन्त्री बरालले आफ्नो डेढ वर्षको छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको दाबी गरे। राजश्व अभिवृद्धिमा…
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगम संचालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले हवाई…
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो। गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य…
काठमाण्डौंको संकटा फुटबल क्लबले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। संकटाले आज (शनिबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) लाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो। उपाधिसँगै संकटाले १२ लाख पुरस्कार जितेको छ। उपविजेता बनेको बीवाइएस्सीले ६ लाख पुरस्कार जित्यो। संकटाको जितमा सुरजज्यू ठकुरी,…
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो साढे एक बजे हुँदैछ। काठमाण्डौंको संकटा फुटबल क्लब र पाहुना टोली अमेरीकाको भुटनिज युथ स्पोटर्स क्लब (बिवाइएस्सी) ले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली उपाधि जित्ने रणनीति र दाउमा छन्। संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने…
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ। वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै एमाले महानगर कमिटीले अधिकारीमाथि कारबाहीको माग गरेको हो। एमाले महानगर कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक…
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ५ दिनको समय दिएर प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आह्वान गरेका हुन्। कुनैपनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश…
भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसए पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बीवाइएस्सीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। आज (बिहीबार) भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बीवाइएस्सीले चर्च ब्वाइज युनाइटेड क्लबमाथि १–० को जित निकाल्दै फाइनल पुगेको हो। बीवाइएस्सीको जितमा रोजिन प्रजापति नायक बने। रोजिनले पहिलो…
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय सशस्त्रको एपीएफ क्लबलाई ४–१ ले पाखा लगाउँदै संकटाले फाइनल यात्रा तय गरेको हो। १९ संस्करणको विजेता संकटाले सुरुवाती ५ औं मिनेटमै अग्रता लियो। स्टेफन बिनोङले संकटालाई सुरुवाती अग्रता दिलाए। एपीएफका…