
पोखरा महानगरले साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलगायतका ९ विशिष्ट व्यक्तित्वहरुलाई ‘पोखरा नवरत्न’ को सम्मान प्रदान गरेको छ। महानगरको आफ्नो ६७ औं वार्षिकोत्सवको अवसरमा पोखरालाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई ‘पोखरा नवरत्न’ बाट सम्मान गरेको हो। यसरि, ‘पोखरा नवरत्न’ को सम्मान पाउने विशिष्ट व्यक्तिहरुमा महिला उद्यमी रामकली खड्कादेखि गायक अमृत गुरुङलगायत छन्। उनीहरुलाई नगद २…
२१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो। संघकी अध्यक्ष एवं महोत्सव मूल…
प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष डा कुमार शर्मा आचार्य र पूर्व अध्यक्षहरूबीच समसामयिक विषयमा छलफल गरिएको छ। काउन्सिलले पूर्वअध्यक्षहरूसँग समसामयिक विषयमा छलफल गरी सुझाव संकलन गर्ने उद्देश्यले छलफलद चलाएको हो। सो अवसरमा नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पूर्वअध्यक्षहरूका अनुभव र सुझावअनुसार संस्थालाई अघि बढाउन चाहेको उल्लेख गरे। आफू संस्थाका लागि नयाँ भएको र विगतमा भए/गरेका…
सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा सोमबारदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु भएका छन्। ‘पोखरा भ्रमण वर्ष–२०२५’ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न ‘पोखरा भ्रमण वर्ष–२०२५’, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवर्द्धन सुरु गरिएको…
एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ७ विकेटले हराएको हो। युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रंगशालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो। नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रन बनायो।…
घरेलु एपीएफ फुटबल क्लब साफ क्लब महिला च्याम्पियनसीपको फाइनल नजिक पुगेको छ। काठमाडौंमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी च्याम्पियनसीपमा एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको हो। आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल नजिक पुगेको हो। एक खेल खेल्न बाँकी रहँदा एपीएफ लिगको अंक तालिकामा शीर्ष स्थानमा…
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार एनपीएलको ‘प्लेअर अफ दि टुर्नामेन्ट’ बनेका छन्। कप्तान रोहितले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दि टुर्नामेन्ट’ बनेसँगै कार हात जितेका छन्। लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै पहिलोपल्ट एनपीएलको उपाधि उचाल्यो। लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो। उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।…
सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो। सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो। लुम्बिनीका दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए। यसअघि, टस जितेर…
एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। श्रीलंकाले नेपाललाई ८ विकेटले हराएको हो। दुबईको द सेभेन्स रंगशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो। श्रीलंकाले १४ दशमलव ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै नेपालमाथि जीत निकाल्यो। त्यसअघि, टस हारेर पहिले ब्याटिङ…
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ। शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन्। तेस्रो चरणको उपहारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन्। उपहार योजनामा २५ जनाले किप्याड फोन…