समाचार »

गोरखामा ‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

लम्पी स्किन रोगको संक्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका ३ सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका २ वटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम…

पोखरा महानगरले पत्रकार कल्याणकारी कोष संचालन गर्दै

पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ। पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ। पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो। कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी…

न्याय नमर्ने गरी फैसला गर्नुस्: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरुले न्याय नमर्ने गरी फैसला गर्र्न आग्रह गरेका छन्। मुख्य न्यायाधीवक्ताको कार्यालय गण्डकी स्थापनाको ५ वर्ष पुगेको अवसरमा ‘कार्यालयका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक शनिबार आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो आग्रह गरेका हुन्। उनले न्यायालयका फैसला विवादास्पद हुन नहुने र भीडलाई हेरेर निर्णय गर्न नहुने उल्लेख गरे। कानूनभन्दा…

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री पोशाक वितरण

पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्युन आय भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ। आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनिकरण कार्यक्रमका…

सिचुवानको टोली बन्यो ड्रागन बोट रेस च्याम्पियन

नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ। पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो। २ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो। त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको…

ड्रागन बोट रेसमा पहिलो खेलबाट ४ टिम फाइनलमा

चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्। आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ। आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्। सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह…

पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ। पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो। चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी…

पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) बिहान पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाजले अवतरण गरेको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका…

पत्रकार महासंघ गोरखामा तालाबन्दी, मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारिस गरेको भन्दै सेन्टरको आपत्ति

नेपाल पत्रकार महासंघ गोरखा शाखामा तालाबन्दी गरेको छ। शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालाबन्दी गरिदिएको हो। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरेको निर्णयप्रति विरोध जनाउँदै तालाबन्दी गरेको हो। सेन्टरले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको…

पत्रकार महासंघ गोरखामा ९ जनाको सदस्यता रद्व, ४ जना थप नयाँ सदस्य

नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ। सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त…