समाचार »

प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष डा. आचार्यद्वारा पदबहाली

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले आज (आइतबार) देखि कार्यभार सम्हालेका छन्। प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धी कार्यविधि, २०७१ को २ (ङ) अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा पदभार सम्हालेका हुन्। पदभार सम्हाल्नुअघि अध्यक्ष डा. आचार्यले शपथग्रहण गरेका थिए। मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला आफू काउन्सिलको नेतृत्वमा आएको बताए। अध्यक्ष डा. आचार्यले…

साफ महिला क्लब च्याम्पियनसीप: बंगलादेशी नासरिनविरुद्ध एपीएफको सानदार जीत

नेपालको विभागीय एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनसीपको आफ्नो पहिलो खेलमा सानदार जीत निकालेको छ। एपीएफले बंगलादेशी नासरिन स्पोर्र्टस क्लबविरुद्ध ४–० को सानदार जीत निकालेको हो। जीतसँगै सुरु प्रतियोगिताबाट एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ। शुक्रबार प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा एपीएफलाई जित दिलाउन स्ट्राइकहरु रश्मिकुमारी घिसिङ र मीना देउवाले समान…

२७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ पुस १३ गतेदेखि

पोखरामा यस वर्षपनि २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ हुने भएको छ। आगामी पुसको १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने आयोजक रेवान पोखराद्वारा विहीबार विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जनाएको छ। महोत्सवको तयारी तीब्र पारिएको आयोजक रेवान पोखराले जनाएको छ। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना…

पोखरामा ३४ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पोखरामा आज (बुधबार) देखि ३४ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। साथमा, १३ औँ संस्करणको क्यान इन्फोटेक–२०८२’ सुरु भएको छ। नेपाल मणिपाल शिक्षण अस्पतालको सहकार्यमा पोखरा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला सुरु भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन्। मेला मंसिर २१ गतेसम्म चल्नेछ। प्रमुख अतिथि ढकालले नेपालमा…

त्रीदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा चाइनिज ताईपेइसँग नेपाल पराजित

त्रीदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबलमा नेपाल चाइनिज ताईपेइसँग पराजित बनेको छ। आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली चाइनिज ताइपेईसँग पराजित भएको हो। इन्डोनेसियाको योग्याकार्तास्थित मागुवोहर्जो रंगशालामा मंगलबार भएको भएको खेलमा नेपाल ताईपेइसँग १–० गोल अन्तरले पराजित भएको हो। फिफा वरियतामा आफूभन्दा ४५ स्थान माथि रहेको नेपालले चाइनिज टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो…

एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता

एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता बनेको छ। सोमबार भएको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भयो । यूएईको कारवानमा सोमबार भएको फाइनलमा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रन बनाउँदा अलआउट बन्यो। नेपालका कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए।…

औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

पोखरामा हुने औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। यही मंसीर १७ गतेबाट हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ को तयारी अन्तिम चरणमा पुगेको सोमबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पत्रकार सम्मेलनमार्फत…

डा. कुमार शर्मा आचार्य, प्रेस काउन्सिल नेपालमा अवको अध्यक्ष

वरिष्ठ अधिवक्ता डा. कुमार  शर्मा आचार्यलाई सरकारले प्रेस काउन्सिलको अध्यक्ष मा मनोनीत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई अवको प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए। २०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता…

पत्रकार महासंघ जापान शाखामा गराइयो गोपनीयताको शपथ

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिएको छ। नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घलेलगायतले महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको शपथ गराएका हुन्। यससँगै, निवर्तमान अध्यक्ष शान्त पहारीको कार्यसमितिले…

पोखरामा छैटौं संस्करणको य:मरी महोत्सव सुरु

पोखरा–४ गणेशटोलमा छैटौं संस्करणको य:मरी महोत्सव सुरु भएको छ। नेवारी संस्कृति र सभ्यताअनुसार शनिबार य:मरी पूर्णिमाको अवसरमा य:मरी महोत्सव गएिको हो। पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा तथा नेवा: मिसा पुच: कास्कीको समन्वयमा य:मरी महोत्सवको आयोजना गरिएको हो। पोखराका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा प्रकृति, संस्कृति र…