
नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार ब्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो। समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल…
गण्डकी कप महिला राष्ट्रिय बास्केटबलमा बाग्मती प्रदेश च्याम्पियन बनेको छ। गण्डकी प्रदेश बास्केटबल संघद्वारा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पहिलो पटक आयोजित सो प्रतियोगितामा घरेलु टोली गण्डकीलाई पराजित गर्दै बागमती च्याम्पियन बनेको हो। फाइनल खेलमा बागमतीले गण्डकीलाई ५५–३४ ले पराजित गरी च्याम्पियन बन्न सफल भएको हो। यद्यपी, लिगको दोस्रो खेलमा भने बागमती गण्डकीसँग २४–१७ ले पराजित…
स्याङजा जिल्लाले दोस्रो पटक गण्डकी प्रदेश टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबार भएको फाइनलमा कास्की जिल्लालाई ७ विकेटले हराउँदै स्याङ्जाले लगातार दोस्रो पटक यो उपाधि चुमेको हो। उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैया पुरस्कार जित्यो। उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। ५७ रनको विजयी लक्ष्य पाएको…
सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक स्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली…
नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो। मलेशियाको बाङ्गीमा भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हरायो। सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। नेपालका जोए थापाले नटआउट सर्वाधिक २४ रन बनाए। सिंगापुरका कपिश वेन्कटरमनले सर्वाधिक ४ विकेट लिए। नेपालले ५८…
पोखरामा नियमित आयोजना हुँदै आएको छात्र/छात्रा ५ किमि मासिक दौड छोरेपाटन माविका तिलबहादुर परियार र मेघराज माविकी एन्जिला जिटीले जितेका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवमा ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको छात्र/छात्रा ५ किमि दौडमा तिलबहादुर र एञ्जिला प्रथ मबनेका हुन्। छात्रतर्फको उक्त दौडमा छोरेपाटन माविकै प्रकाश थिङ दोस्रो बनेका छन्। छोरेपाटन…
समाधान दैनिकका दिलिप थारु र प्रमुख मिडियाकी सरिता गुरूङले ५ किमि दौड जितेका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो रजत महोत्सव ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत पोखरामा शनिबार सम्पन्न दौडमा पुरुषतर्फ दिलिपले २१ मिनेट ०७ सेकेण्ड र महिलातर्फ सरिताले ३० मिनेट ४३.०६ सेकेण्डमा दौड पूरा गरी पहिलो बनेका हुन्। प्रतियोगितामा पुरूषतर्फ गोल नेपालका अर्जुन हिताङ…
पोखरामा ‘भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका’ बिषयक गोष्ठी गरिएको छ। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजनामा बिहिबार पोखरामा गोष्ठी गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताए। पोखरा महानगरपालिका वडा नं २५ का…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा पोखरामा शुक्रबार खेल पत्रकारलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा भएको तालिममा भलिबल, एथ्लेटिक्स र क्रिकेट खेलबारे प्रशिक्षण दिइएको हो। तालिममा खेलका नियम बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको हो। भलिबलसम्बन्धी राजन पौडेल, आइटीओ एथ्लेटिक्ससम्बन्धी सिद्धान्त अधिकारी र क्रिकेटसम्बन्धी…
घरेलु टोली मलेसियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। क्वालालम्पुरमा आज (विहीबार) भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हरायो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो। नेपालका परिमार्जन यादवले नटआउट सर्वाधिक ५९ रन बनाए। मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए।…