समाचार »

आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन

विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्। पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्। आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। नेपाल पुलिसकी धाविका बृष्मा कुमालले…

सञ्जयले जिते १० किलोमिटर पुरुषको पोखरा म्याराथन

नेपाली सेनाका सञ्जय श्रेष्ठले पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फको दौड जितेका छन्। कास्कीमा सुरु भएको १७ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी हुन् । श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाए। उनले ३० हजार नगद पुरस्कार जिते। त्यस्तै, नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो बन्दै नगद…

नारायणीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितिन्

छोरेपाटन माविकी नारायणी भण्डारीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितेकी छिन्। ५ किलोमिटर छात्रातर्फको दौडमा नारायणी प्रथम भएकी हुन्। त्यसैगरी, इन्द्र राज्यलक्ष्मी माविकी आइतीमाया घले दोश्रो बनिन्। इन्द्र राज्यलक्ष्मी माविकै मेनुका अधिकारी तेश्रो भइन्। बागलुङको श्री रेसा नुनथला माविका बादल कार्कीले छात्रतर्फको ५ किलोमिटर दौड जिते। छोरेपाटन माविका तेन्जोन रोका दोश्रो भए।…

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको झलक (फोटोफिचर)

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ। नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिबार) विहान ६ बजे १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको हो। म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ। यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु छन्। महिलातर्फको हाफ म्याराथनमा ३५ जना बढिको सहभागिता…

गण्डकी प्रदेशको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार मनमायालाई

गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ। प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १ जनालाई सर्वोत्कृष्ट, ३ जनालाई उत्कृष्ट र ६ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ। १ लाख रुपैयाँको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा…

पोखरामा महाशिवरात्रि विश्व संगीत महोत्सव सुरु

पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ। नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्। ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड,…

नेकपा एस कुनै पार्टीमा विलय हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जुनकुनै पार्टीसँग संभव भएसम्म मोर्चा बनाउने बताए। एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन नहुने उनको तर्क थियो। नेता नेपालले भने, ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको…

गण्डकीमा प्रदेशसभा सचिवको कार्यकाल लम्ब्याउने विधेयक पारित

गण्डकी प्रदेशसभा सचिवालयका सचिवको उमेर हद बढाउन गण्डकी प्रदेश सरकारले ऐन संशोधन गरेको छ। प्रदेशसभा सचिवालय ऐन २०७७ मा सचिवको अधिकतम उमेर हद ६० वर्ष तोकेको थियो। तर, गण्डकी प्रदेश सरकारले उक्त ऐन संशोधन गरेर उमेर हद ६५ वर्ष बनाउन बुधबार बसेको प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हो। कानुन मन्त्री रोशन गाहामगरले ‘केही गण्डकी…

पोखरा म्याराथनलाई पर्यटन व्यवसायीको साथ

फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सघाउने पोखराका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले विगतका बर्षहरूमा जस्तै यस बर्षपनि सघाउने बताएका हुन्। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले म्याराथन पोखराको ब्राण्ड भएको र खेल पर्यटनसँग जोडिएको बताए।…

संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन गरेकी छन्। संसदको दुवै संसदलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरेअनुसार स्वतन्त्र ढंगले राज्यका अंगहरूले आफूलाई…