
टर्कीको एक अदालतले त्यहाँकी प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ। इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो। राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लाइभ टीभीमा उखान भनेर अपमान गरेको उनीमाथि आरोप छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ…
सन् २०२१ मा विश्वभर पत्रकारका लागि असुरक्षित वर्षको रूपमा रह्यो। गैरनाफामुखी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को नयाँ प्रतिवेदन अनुसार यस वर्ष डिसेम्बर १ सम्म विश्वव्यापी रूपमा २९३ पत्रकारहरू जेल परेका छन्। जसमा सबैभन्दा बढी चीनमा पत्रकारहरूलाई यातना दिइएको छ। सीपीजेको रिपोर्ट अनुसार चीनमा सन् २०२१ मा मात्रै ५० जना पत्रकारलाई जेल सजाय दिइएको छ।…
सरकारले अग्रपंक्तिमा खटिने (फ्रन्टलाइनर)हरूलाई आज –आइतबार) देखि कोरोना भाइरस कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिदैँछ। स्वास्थ्यकर्मी, कर्मचारी, सबै सुरक्षाकर्मी, संचारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिदैँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई…
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठक सकिएको छ। महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै तिलौराकोट बैठक सकिएको जानकारी दिएका हुन्। कपिलबस्तुको प्राचीन राजधानी तिलौराकोटमा बसेको बैठकले यो बीचमा सार्वजनिक भएका मिडिया अवार्डलगायतका विषयहरुमा गंभीरतापूर्वक समीक्षा गरेको छ। महासंघ अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा आगामी दिनमा विवादित विषयहरुबाट महासंघलाई जोगाएर अगाडि…
सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले आफ्नो पहिलो खेलबाट विजयी सुरुवात गरेको छ। ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा एपीएफले सफलता हात पारेको हो। प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित निकालेको हो।…
विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम ११ लाई रोमाञ्चक २ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मूलपानी खेल मैदानमा जितका लागि ९४ रनको विजयी लक्ष्य पाएको सूदुरपश्चिम प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रनमा समेटियो। सुदूपश्चिमका गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाए। नारायण जोशीले २२ रनको…
प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगिता आज (सोमबार) देखि सुरु भएको छ। प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी बनेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (सोमवार) भएको उदघाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो। आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। जवाफमा कर्णाली प्रदेशले १४ दशमलव…
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। आरकेडी होल्डिङ कम्पनीको ५ औं साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री थापाले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे। ‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र…
सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो। तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासंघमा अभिलेखीकरण भएको छ। महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता…
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ। दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन्। यस्तै, कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४,…