समाचार »

१ लाख ३६ हजार २६९ को उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ वटा पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले मंगलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो। यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो। स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका…

गण्डकीको ८६ पालिकामा ३३३ को मनोनयन

गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिकामा ३३३ को उम्मेदवारी दर्ता भएका छन्। यहाँको १ महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै, उपमेयरमा भने ८४ जना मात्रै छन्। ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै…

एसियन कप फुटसल छनोटः आज नेपालले उज्बेकिस्तानसँग खेल्दै

एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (आइतबार) उज्बेकिस्तानसँग खेल्दैछ। किर्गिस्तानमा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ। उज्बेकिस्तानसँग सन् २०१७ मा नेपाल १४–१ र सन् २०१९ मा ४–१ ले पराजित भएको थियो। छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि ताजकिस्तानसँग र अन्तिम खेलमा पर्सि…

भूतपूर्व ब्रिटिश गोर्खाहरू माओवादी केन्द्रमा समाहित

भूतपूर्व ब्रिटिश गोर्खाहरूको सिंगो संस्था नै नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो। सयभन्दा बढी संख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरे। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन…

प्रदेश मन्त्री थापाद्वारा १५ लाख तलब सबै सामाजिक काममा खर्च

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन्। मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेका हुन्। २०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३…

काँग्रेसद्धारा न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार

काँग्रेसले पोखरामा सुरु न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार गरेको छ। देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको काँग्रेसले बहिष्कार गरेको हो। b देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो। सम्मेलनका लागि एमाले पक्षका उपमेयर र उपाध्यक्ष मात्र भेला भएको काँग्रेसले जनाएको छ। काँग्रेसका अनुसार सम्मेलनमा गण्डकी प्रदेश प्रमुख…

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ। पोखराको सभागृहमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्। राष्ट्रपति भण्डारीले डिजिटल प्रविधिबाट उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा संचालित सम्मेलनमा देशका ७५३ वटै पालिकाका…

पोखरामा देशभरका पालिका उपप्रमुख, उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

पोखरामा देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु भेला हुने भएका छन्। स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरुका विषयमा अनुभव अदान–प्रदान गर्ने उद्देश्यले पोखरामा भेला हुने भएको हो। देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ। संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानिय तहमा कसरी…

गण्डकी प्रदेशभित्र साताका उत्कृष्ठ ७ तस्बीरहरु (फिचरसहित)

दमौलीमा आगलागी तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकको भूपाल हार्डवेयरको गोदाममा गत अघिल्लो हप्ताको आइतबार आगो लाग्दा निस्केको धुवाँको मुस्लो। आगलागी भएको ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुगेको थियो। आगो…

२ जना युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन्। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामको युट्युब च्यानल संचालन गर्दै आएका…