
विश्वको २०८ देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १/१ जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को संक्रमण फैलिएको देशको संख्या २०८ पुगेको हो । यस्तै, दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या साढे १२ लाख नाघेको छ । हालसम्म १२…
कोरोना त्रासका कारण विश्व नै आतङ्कित बनेको अवस्थामा ताजिकिस्तानी सुपर कप फुटबलको फाइनल खेल सम्पन्न भयो । कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो । ताजिकिस्तानको राजधानी दुसान्वेमा आयोजना गरिएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१…
जापानमा हुने टोकियो ओलम्पिकमा यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने निर्णय गरेको हो । कोरोनाका कारण एक वर्षपछि (२०२१) मा सरेको टोकियो ओलम्पिकमा अब २४ वर्ष उमेरकाले फुटबलरले खेल्न पाउने फिफाले निर्णय गरेको हो । टोकियो ओलम्पिक…
कोरोना भाइरसको महामारीका कारण भारतमा आयोजना हुने फिफा यु–१७ महिला विश्वकप फुटबल स्थगित भएको छ । भारतीय फुटबल फेडेरेसनले एक विज्ञप्ति मार्फत नोभेम्बरमा तय भएको विश्वकप स्थगित गरिएको जनाएको हो । यही वर्षको नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने प्रतियोगिताको तालिका बनेको थियो । भारतको अहमेदबाद, गुवाहाटी, कोलकता, भुवनेश्वर र नाभी मुम्बईमा…
कोरोनाले विश्व खेलजगत ठप्प पारेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिक छनोटको नयाँ समय सीमा निर्धारण गरेको छ । आइओसीले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ओलम्पिक छनोट अर्को बर्षको जुन २९ भित्र सक्नुपर्नेछ । यस बर्ष हुने टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता यस…
घरेलु इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचका टेस्ट शृंखला दी ओभलमा हुने तय भएको छ । कोरोना भाइरसको महामारीका विश्वका सबै अन्तराष्ट्रिय खेलकुद स्थगित गरिएपनि यस शृंखला हालसम्म स्थगित गरिएको घोषणा गरिएको छैन । खेलतालिका अनुसार यस शृंखला जुन महिनाको ४ तारिखमा लण्डनस्थित दी ओभल रंगशालामै खेलाउने तय भएको थियो । जसलाई हालसम्म पनि औपचारिक रुपमा स्थगित…
म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेविड डी गिआले कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानका लागि मड्रिड समुदायलाई ३ लाख युरो सहयोग गरेका छन्। मड्रिडमै जन्मिएका डी गिआले आफ्नै गृहनगरको समुदायलाई कोरोनाविरुद्ध क्वारेन्टाइनमा बसेकालाई खाना, औषधोपचारका सामाग्रीलगायतका लागि उक्त रकम सहयोग गरेका हुन्। कोरोना भाइरसको संक्रमित स्पेनमा मात्रै ५७ हजार ७ सयभन्दा बढीमा देखिएको छ । स्पेनमै कोरोना भाइरसका…
पोखरा । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् । सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’…
पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ । किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो…
पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ । नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो । त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना…