समाचार »

प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण निष्ठावान छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५ औँ वार्षिकोत्सवका अवसरमा आज (बुधबार) दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको बताएका छन्। समाजको महत्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार…

रेडियो नेपालको ७५ औँ हीरक महोत्सव

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५ औँ हीरक महोत्सव मनाउँदैछ। नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल आज (बुधबार) देखि औपचारिक प्रसारणको ७५ औँ वर्षमा प्रवेश गरेको छ। विसं २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापना भएलगत्तै विसं २००७ चैत २० गते रेडियो नेपालको स्थापना भएको थियो। समावेशी आवाज बनेको रेडियो नेपालबाट २५ भाषामा समाचार र…

नेपाल सुपर लिग: धनगढीको विजयी सुरूवात

नेपाल सुपर लिग (एनएसएल) मा साबिक उपविजेता धनगढीले विजयी सुरूवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (मंगलबार) भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो। योसँगै धनगढीले पहिलो खेलमै ३ अंक जोडेको छ। बुटवलको भने यो पहिलो हार हो। यसअघि, बुटवलले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। बुटवलसँग १ अंक छ। धनगढीको जीतमा…

राज्यबाट पाएको सेवा, सुविधा मन्त्री थापाद्वारा सामाजिक सेवामा खर्च

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट पाएको सेवा–सुविधाबापतको ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ रकम समाजिक सेवामा खर्च गरेका छन्। आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा सहयोग गरेको मन्त्री थापाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। नेपाल प्रेस युनियन कास्कीले मंगलबार आयोजना गरेको…

नेपाल सुपर लिग: पोखरा थन्डर्सले चितवनसँग हार्‍यो

नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले चितवन एफसीसँग पराजित बनेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) भएको खेलमा पोखरा थन्डर्स चितवन एपसीसँग २–० ले स्तब्ध भएको हो। चितवनको जीतमा नोडिर माभलोनोभ र नीरज चौधरीले गोल गरे। जीतसँगै चितवनले महत्वपूर्ण ३ अंक जोडेको छ। चितवन र पोखराको अहिलेसम्म भएका २ खेलमा दुवैपटक पोखराले जितेको…

पोखरा विमानस्थलबाट हिमालय एअरलाइन्सको अन्तर्राष्ट्रिय उडान सुरू

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्को नयाँ नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएको छ। हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो। हिमालय एअरलाइन्सले नियमित उडान थालेको हो। ल्हासाबाट १ सय ०७ जना यात्रु बोकेर आएको हिमालयको जहाज दिउँसो पौने २ बजे पोखरा विमानस्थलमा अवतरण गरेको हो। हिमालय एअरलाइन्सको एज ९ ७३२ ल्हासादेखि पोखरा…

वरिष्ठ पत्रकार/स्तम्भकार कमल कोइरालाको निधन

वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। उपचारको क्रममा काठमाण्डौंको सिनमंगलस्थित केएमसी अस्पतालमा कोइरालाको निधन भएको हो। केही दिनअघि घरमै लडेर बिरामी भएका कोइरालालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूतसमेत भएर काम गरेका थिए। कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा…

प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर

कमल गिरीको नेतृत्वमा प्रेस सेन्टर नेपालको नयाँ कार्यसमिति गठन भएको छ। प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएपछि अब गिरीको नेतृत्वमा प्रेस सेन्टर नेपाल चल्नेछ। राजधानी काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी भएका हुन्। निर्वाचन समितिका प्रमुख रहेका गोविन्द…

नेपाल सुपर लिग: बुटवल र झापा एफसीले अंक बाँड्यो

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा बुटवल लुम्बिनी एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा (आइतबार) सम्पन्न खेलमा झापाले १० खेलाडीमा सीमित भएको बुटवललाई दबाब दिएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो। गोलरहित शून्य/शून्यको बराबरी खेलेपछि बुटवल लुम्बिनी एफसी र झापा एफसी दुबैले समान १/१ अंक जोडेका…

‘स्वतन्त्र प्रेसलाई राजावादीले आक्रमणको निशाना बनाएको छ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र प्रेसलाई राजावादीले आक्रमणको निशाना बनाएको उल्लेख गरेका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज (शनिबार) काठमाण्डौंमा उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको छ।’ अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिंगो संचार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए। ‘अग्रगमन, शान्ति, विकासको…