समाचार »

नेपाल सुपर लिग: पोखरा थन्डर्स एफसीको पहिलो जीत

नेपाल सुपर लिग (सिजन–३) मा पोखरा एफसीले पहिलो जीत निकालेको छ। यसअघि, लगातार २ खेल हारेको पोखराले यो जीतसँगै महत्वपूर्ण ३ अंक बटुलेको छ। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई हराएको हो। दशरथ रंगशालामा आज (शनिबार) भएको पहिलो खेलमा पोखराले काठमाण्डौलाई २–० गोलले हराएको हो। पोखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन…

उच्च अदालतको आदेशपछि रबि लामिछाने आफ्नै घरबाट पक्राउ

उच्च अदालत तुलसीपुरको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने पक्राउ परेका छन्। अदालतको आदेश भएको केही घण्टाभित्रै लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो। शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय…

नेपाल सुपर लिग: चितवनको लगातार दोस्रो जीत

चितवन एफसीले नेपाल सुपर लिग (सिजन) ३ फुटबलमा लगातार दोस्रो जीत निकालेको छ। पहिलो खेलमा पोखरा थन्डर्समाथि जीत निकालेको चितवन एफसीले आफ्नो दोस्रो खेलमा बुटबल लुम्बिनीमाथि पनि जीत निकाल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। उसले जारी सुपर लिगमा ६ अंक बटुल्दै लिगको शीर्ष स्थानमा छ। ३ खेल खेलेको बुटवल २ हार र १ बराबरी…

रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेश

उच्च अदालत तुलसीपुरले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको…

नेपाल सुपर लिग: झापा र काठमाडौंले अंक बाँड्यो

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा झापा एफसी र काठमाडौं रेजर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोलका निक्कै कम अवसर सृजना गरे। प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो। यसअघि, पहिलो खेलमा पनि दुवै टिमले बराबरी खेलेका थिए। पहिलो खेलमा काठमाडौँले साबिक विजेता ललितपुर सिटी एफसीसँग…

दिनानूदिन वायु प्रदूषण बढ्दो छ, सतर्कता अपनाऔँ

हाल, मुलुक दिनानूदिन वायु प्रदूषणको चपेटामा छ। गर्मी मौसम बढेसँगै, बढ्दो वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलापलगायतका कारणले वायु प्रदूषणको स्तर उच्च हुँदै गएको छ। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ। वायु प्रदूषण बढेसँगै नागरिहरुले स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ। वायु प्रदूषणका…

यु–१९ एक दिवसीय क्रिकेट: नेपालको खराब सुरुवात

यु–१९ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको पहिलो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोली १ सय ३० रनले पराजित भएको छ। काठमाण्डौंको मूलपानी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७० रन बनाउँदै अलआउट भयो।…

नेपाल सुपर लिग: पोखरा थन्डर्सको दोस्रो हार

नेपाल सुपर लिगमा पोखरा थन्डर्स एफसीले दोस्रो हार ब्यहोरेको छ। पोखरा थन्डर्सलाई साविक विजेता ललितपुर सिटी एफसीले हराएको हो। आफ्नो दोस्रो खेल खेलेको साविक विजेता ललितपुर सिटी एफसीको भने यो जीत पहिलो हो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज (बुधबार) भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। जीतपछि २ खेलबाट ४ अंक जोडेर…

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ गरिदैँछ। राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान नेपालले पर्सि चैतको २२ गते (शुक्रबार) साँगीतिक साँझको आयोजना गर्न लागेको हो। आयोजक राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी सांगीतिक साँझको विविध पक्षबारे जानकारी गराएको हो। पोखरा सभागृहमा शुक्रबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने एकल साँझका…

संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता रहेको स्पष्ट पारेका छन्। सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज (बुधबार) सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र संचारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको छ। संचार जगतको यो महत्वपूर्ण र गंभीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको छ।’ उनले आफू…