समाचार »

यु–१९ अफगानिस्तानसँगको अन्तिम खेलमा नेपालको जीत

नेपाली यु–१९ को युवा टोलीले अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा जीत निकालेको छ। नेपाली यु–१९ को युवा टोलीले अफगानिस्तानसँगको १९ वर्षमुनिको टोलीलाई हराएको हो। अफगानिस्तानको यु–१९ को टोलीसँगको तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जीत निकालेको हो। यद्यपी, अफगानिस्तानको यु–१९ टोलीले यसअघि नै २ खेल जित्दै श्रृंखलामा जीत हात पारिसकेको थियो।…

४ देशीय टी–२० क्रिकेट: नेपालको विजयी सुरूवात

४ देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ। हङकङमा आज (बुधबार) देखि सुरू भएको पहिलो खेलमा सहज जीत निकाल्दै नेपालले विजयी सुरूवात गरेको हो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेल ३७ रनमा अविजित…

नेपाल सुपर लिग: काठमाडौं रेजर्सको रोमाञ्चक जित

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा रोमाञ्चक जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ३ महत्वपूर्ण अंक बटुलेको छ। खेलको अन्तिम समयसम्म दुबै टोलीले गोल गर्न सकेका थिएनन्। तर, ९० औं मिनेटमा अमाडोउ डिओपले निर्णायक गोल गर्दै काठमाडौंलाई रोमाञ्चक जित दिलाए। जीतसँगै काठमाडौं तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उनले…

तनहुँको आँबुखैरेनी गाउँपालिकाभित्रका विद्यार्थीको नि:शुल्क उपचार

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा नि:शुल्क गर्ने निर्णय गरेको छ। गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार नि:शुल्क हुने जानकारी दिएका छन्। अध्यक्ष चुमानले उल्लेख गरे, ‘विद्यार्थीको हितका लागि…

नेपालको टाइम्स बास्केटबल क्लब साबा बास्केटबल च्याम्पियनसीपमा तेस्रो

नेपाली बास्केटबल टाइम्स क्लब पहिलो पटक आयोजना भएको साबा बास्केटबल क्लब च्याम्पियनसीपमा तेस्रो बनेको छ। भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा भुटानको थिम्पु म्याजिक्सलाई ८७–५९ ले हराउँदै टाइम्स तेस्रो बनेको हो। च्याम्पियनसीपमा टाइम्सको दोस्रो जित हो। टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७–५९ ले हराएको थियो। यता, टाइम्स क्लब श्रीलंकाको कोलोम्बो बास्केटबल…

पोखरा स्पोर्ट्स अवार्ड: उत्कृष्ट प्रशिक्षक प्रायोजकमा टाइगर ग्रुप पोखरा

नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, संघसंस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ। आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक…

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षमा निधन भएको छ। काठमाण्डौको वानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा रिसालको निधन भएको हो। स्व. रिसालका परिवार स्रोतका अनुसार आइतबार बेलुका पौने ८ बजेतिर उनको निधन भएको हो। पत्रकार रिसाल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो। वरिष्ठ पत्रकार रिसाल पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित थिए। स्व. रिसाल, भक्तपुरको सूर्यविनायक नगरपालिका–४,…

नेपाल सुपर लिग: चितवन र झापाले बराबरी खेल्यो

नेपाल सुपर लिग (एनएसएल) सिजन–३ को फुटबलमा एफसी चितवन र झापा एफसीले बराबरी खेलेका छन्। बराबरी खेलेका दुबै टोलीले समान १/१ अंक बाँडेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो। यो नतिजासँगै शीर्ष स्थानको चितवनले ३ खेलबाट ७ अंक पुर्‍याएको छ। झापाले भने समान खेलबाट ३…

यु–१९ अफगानिस्तानसँगको अभ्यास क्रिकेटमा नेपाल १ रनले पराजित

यु–१९ अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय अभ्यास क्रिकेटको दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको छ। अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो पटकको युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको हो। काठमाण्डौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा नेपाल १ रनले पराजित बन्यो। अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर…

नेपाल सुपर लिग: धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेल्यो

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (शनिबार) भएको दोश्रो खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले कुनैपनि गोल गर्न सकेन। बराबरी खेलेपछि दुवै टोलीले समान १/१ अंक बाँडेका छन्। धनगढीले २ खेलमा ४ अंकसहित तालिकाको तेश्रो स्थानमा छ। ललितपुरले ३ खेलबाट ५ अंकसहित ललितपुर दोश्रो…