समाचार »

तनहुँको बन्दीपुरमा छैठौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय छैठौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा सुरु प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्। ३ दिनसम्म चल्ने प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्सलगायतका खेलहरुमा विभिन्न विद्यालयहरुका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेका अनुसार प्रतियोगितामा विजेताले १५ हजार रुपैयाँसहित…

तनहुँ भानु–९ को पुर्कोटमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइयो

  तनहुँ जिल्लाको भानु नगरपालिका–९ पुर्कोटमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। ‘स्वास्थ्य जीवन र पर्यवाणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ माघ ५ गते शनिवार भानु नगरपालिका वडा नं ९ पुर्कोटस्थित बाईसजँगारमा दिवस मनाइएको हो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तह, प्रदेश…

तनहुँ भानुका उत्कृष्ट बाख्रा पालक किसानहरुलाई नगदसहित सम्मान

तनहुँ जिल्लाको भानु नगरपालिकाका उत्कृष्ट बाख्रा पालक किसानहरुलाई नगदसहित सम्मान गरिएको छ। तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघको संयुक्त आयोजनामा उत्कृष्ट बाख्रा पालक किसानहरुलाई सम्मान गरिएको हो। स्थानीय जाततर्फ प्रतियोगितामा भानु नगरपालिका–५ का चोपकान्त पोख्रेल प्रथम…

अमेरिकी सर्वोच्च अदालतको फैसला, ‘टिकटकमाथि प्रतिबन्ध’

अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको हो। सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाबाट हटाउनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको खराब सुरुवात

यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ। पहिलो खेलमै नेपाल बंगलादेशसँग ५ विकेटले पराजित बनेको छ। नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो। बंगलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ र सुमैया अक्टरले १२ बनाए। नेपालकी पूजा महतो, सीमाना केसी, रचना चौधरी र रिया शर्माले…

‘पत्रकारको न्यूनतम पारिश्रमिकमा समयानुकूल वृद्धि गर्नुपर्छ’

पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज (शनिबार) दिक्तेलमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरूले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण…

बिनाकुमारी थापा, फोनिज कास्कीको अध्यक्ष

आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु मस्राङ्गी) निर्विरोध निर्वाचित भएकी छन्। फोनिज कास्कीको शुक्रबार पोखरामा सम्पन्न सातौं अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको हो। अध्यक्षमा निर्वाचित थापा प्रेस सेन्टर गण्डकीकी सचिवसमेत हुन्। समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सह–सचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा…

टाइगर कप भलिबल माघको १२ गतेदेखि सुरु

पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म संचालन हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’ ले पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका छन्। उनका अनुसार पुरुष…

पीएसबी, समावेशिताको ऐना बन्न सक्नुपर्छ

संचार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) को मुख्य दायित्व रहन्छ।’ साबिक नेपाल टेलिभिजनमा (मंगलबार) भएको पीएसबीको पूर्वारम्भ कार्यक्रममा संचारमन्त्री गुरुङले जनता र देशप्रति केन्द्रीत रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिएका हुन्। मन्त्री गुरुङले पिएसबी सबै वर्ग, क्षेत्र,…

झूटा इमेलप्रति सतर्क रहन साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले चेतावनीसहितका झूटा इमेलहरूको गतिविधिप्रति सतर्क रहन आग्रह गरेको छ। प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै चेतावनीसहितका झूटा इमेलहरू पठाइने गतिविधिप्रति सतर्क रहन ब्यूरोले आग्रह गरेको हो। साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै यस्ता झूटा इमेलहरूप्रति ब्यूरोको गंभीर ध्यानाकर्षण भएको जनाएका हुन्। ब्यूरोले ती…