समाचार »

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमितिको पदस्थापन

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको नयाँ कार्यसमितिले पदस्थापन गरेको छ। नव निर्वाचित अध्यक्ष मानबहादुर घर्तिमगर (एमबी आस्था) को नेतृत्व कार्यसमितिको टिमले पदस्थापन गरेको हो। नेपाल सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ कार्यसमितिको पदस्थापन गराएका हुन्। गत विहीबार मञ्चको तेस्रो अधिवेशन तथा छैटौं साधारणसभाले मानबहादुर घर्तिमगर (एमबी आस्था) अध्यक्ष रहेको नयाँ कार्यसमिति गठन…

टाइगर कप भलिबलः आयोजक टाइगर ग्रुप र आर्मीबीचको खेल स्थगित

पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको आयोजक टोली र विभागीय त्रिभुवन आर्मी क्लबबीचको उद्घाटन खेल भने स्थगित भएको छ। आयोजक टाइगर ग्रुप र विभागीय आर्मीबीचको खेलमा तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो। पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली टाइगर ग्रुप २३–२५ ले गुमाउन पुग्यो। दोस्रो सेटमा पनि…

टाइगर कप भलिबल: पुलिसमाथि न्यू डायमण्डको रोमाञ्चक जीत

प्रतियोगिताअन्तर्गत महिलातर्फकै दोस्रो खेलमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबले विभागीय नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जीत निकाल्यो। न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा जीत निकालेको हो। पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमण्डलाई सुम्पेको थियो। निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा उत्कृष्ट…

पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल सुरु

पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगितामा विभागीय एपीएफले जीत निकालेको छ। एपीएफले पाहूना टोली ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको हो। त्यस्तै, न्यु डायमण्डले पनि खेलमा उत्कृष्ट पुनरागमन गर्दै…

टाइगर कप भलिबलको ट्रफी अनावरण

पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि (शनिबार) देखि हुने टाइगर कप भलिबलको ट्रफीे अनावरण गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको औंल्याए। उनले…

यु–१९ महिला टी–२० विश्वकपको प्लेअफमा नेपालको जित

यु–१९ महिला टी–२० विश्वकप क्रिकेटको प्लेअफमा नेपालले आयोजक घरेलु मलेसियालाई ७ विकेटले हराएको छ। मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा घरेलु मलेसियाले दिएको ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। मलेसियाकी मस्र्या अब्दुल्लाहले ३ विकेट लिइन्। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६…

स्याङ्जाको वालिङमा प्रशासनको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया

स्याङ्जाको वालिङमा कार्यालयको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापनमा भएकामे कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सरकारी कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुको बारेमा अन्तरक्रिया गरिएको हो। कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुस गराउनका लागि प्रशासन, प्रहरी…

एमबी आस्था, खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्ष

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित भएका छन्। मञ्चको आज (विहीबार) पोखरामा सम्पन्न तेश्रो अधिवेसनबाट एमबी आस्था निर्वाचित भएका हुन्। विहीबार साँझ सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी सुरज श्रेष्ठलाई ९ मतान्तरको फरक २ बर्षीय कार्यकालको लागि निर्वाचित भएका हुन्। मञ्चको ७४ सदस्यमध्ये ६४ जनाले मतदान गर्दा एमबी आस्थाले ३६ मत पाए। प्रतिस्पर्धी…

खेलकुद पत्रकार मञ्च, गण्डकीको तेस्रो अधिवेशन सुरु

नेपाल खेलकुद मञ्च, गण्डकीको आज (विहीबार) पोखरामा तेस्रो अधिवेशन सुरु भएको छ। अधिवेशनको उद्घाटन सत्रमा मञ्चले संथापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने, गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक, सल्लाहकार एकराज गिरी र रन्जन अधिकारीलाई सम्मान गरेको छ। त्यसैगरी, पत्रकार कल्याणकारी कोषमा सहयोग गर्ने सहारा क्लव, सुर्दशन रञ्जित, विजय नेपाल र दीननाथ बराललाई सम्मान गरेको…

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव आजबाट सुरु

पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आज (बिहीबार) बाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव–२०८१ सुरु हुँदैछ। राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा १२ औं क्यान इन्फोटेक–२०२५ तथा चौथो मोवाइल एक्सपो–२०२५ समेत आयोजना हुँदैछ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण…