समाचार »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक दीक्षान्त समारोह

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम दिक्षान्त समारोह भएको छ। प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी ओली शर्माको सहभागितामा दिक्षान्त समारोह भएको हो। कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८०÷२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन्। यसैगरी, कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविन्दकुमार शाह (अर्थाेपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण…

पोखरा–१५ मा बृहत् खेलकुद महोत्सव सुरू

पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं–१५ द्वारा आयोजित वडास्तरीय ४ दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो। पोखरा–१५ ले आयोजना गरेको यो तेस्रो संस्करणको खेल महोत्सव हो । खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरु सुरु…

खेलकुदले संपूर्ण नागरिकलाई राष्ट्रिय एकतामा ल्याउँछः मेयर आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले संपूर्ण नागरिकलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने औंल्याएका छन्। पोखरा–१५ ले आयोजना गरेको खेलकुद महोत्सवको उद्घाटन गर्दै प्रमुख आचार्यले उल्लेख गरे, ‘अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि, खेलकुदले एकै नियममा बाँध्छ। खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्छ।’ पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुदस्थलको अभावले…

रबि लामिछानेलाई धरौटीमा छाड्न काठमाण्डौ जिल्ला अदालतको आदेश

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज (बुधबार) भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र…

काठमाण्डौं जिल्ला अदालतमा रबि लामिछानेको थुनछेक बहस सकियो

काठमाडौँ जिल्ला अदालतमा रबि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ। न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस भएको हो। रबि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए। अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए। त्यसपछि सरकारी वकिलले जवाफी…

अमेरिकामा ’टिकटक’ बन्द गर्ने संभावना बढ्दै

अमेरिकामा टिकटक बन्द गर्ने संभावना बढेको छ। त्यहाँ अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको न्यूज एजेन्सीहरुले जनाएका छन्। केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ। सोमवार र मंगलवार मात्रै अमेरिकाबाट ७ लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।…

२० औँ संस्करणको लेखनाथ महोत्सव सकियो

२० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार सकिएको छ। पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको समापन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख आचार्यले अत्यन्त भव्यताका साथ महोत्सव सफल भएको बताए। महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुई ठाउँमध्ये एक स्थानमा व्यवस्थित गरिने आचार्यले प्रतिबद्धता जनाए। उनले यस क्षेत्रमा २१ वटा विभिन्न परियोजना जस्तै वेगनासतालको वाटर स्पोर्ट,…

एसईई–२०८१ को नियमित परीक्षा चैतको ७ देखि १९ गतेसम्म

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ। परीक्षाको नतिजा २०८२ सालको असार पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने मंगलबार सार्वजनिक…

पत्रकारहरु त्रिभुवन र अनिलको सम्झनामा स्मृतिमा सभा

पत्रकार महासंघ गण्डकीमा संस्थापक अध्यक्ष त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा मंगलबार स्मृतिसभा गरिएको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेल र अनिल शाहीको स्मरणमा दोस्रो स्मृति सभा गरेको हो। २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै संचारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो। महासंघको…

पोखरामा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

पोखरा आर्ट ग्यालरीमा सोमबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा कला प्रदर्शनी सुरु गरिएको हो। पोखरा महानगरप्रमुख धनराज आचार्यले कला प्रदर्शनीको उद्घाटन गरेका हुन्। अमेरिकासहित विभिन्न देशका एक दर्जन कलाकार र नेपाली कलाकारहरुले तयार पारेका २ दर्जन बढी कला प्रदर्शनीमा राखिएका छन्। मंगलबार प्रदर्शनीमा पानी…