समाचार »

वरिष्ठ पत्रकार नारायण कार्कीलाई श्रीपती सामाजिक पत्रकारिता पुरस्कार प्रदान

पोखराका वरिष्ठ पत्रकार नारायण कार्की यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। पोखरामा शनिबार आयोजित समारोहमा श्रीपती कोइराला गुठीद्वारा संचालित उक्त पुरस्कारबाट कार्कीलाई सम्मान प्रदान गरिएको हो। उनलाई नगद २२ हजार २२२ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रसहितको सम्मान प्रदान गरिएको हो। पोखरा न्यूरोड निवासी कार्कीले पत्रकारिता माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप उक्त…

‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक

नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाले प्रकाशन गरेको ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको छ। ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको हो। नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाको नयाँ कार्यसमितिको पदस्थापना तथा सपथ कार्यक्रममा आज (शनिबार) पुस्तक सार्वजनिक (विमोचन) गरिएको हो। प्रतिनिधिसभा सदस्यहरु योगेशकुमार भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलगायतले संयुक्तरुपमा संचार…

स्वास्थ्य बीमा रकम १ लाखबाट ५ लाख पु-याउने ! तर, स्रोत खोइ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा रकम १ लाख रुपैयाँबाट ५ लाख पु-याउन स्रोतको खोजी भइरहेको बताएका छन्। बनेपामा शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४ औँ केन्द्रीय सभाको उद्घाटन गर्दै मन्त्री पौडेलको भनाई थियो, ‘बीमा रकम ५ लाख पु-याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको छ। विज्ञ टोलीले आज मात्रै सुझाव प्रतिवेदन…

पोखरामा कक्षा ८ को परीक्षामा होम सेन्टरको प्रावधान हटाइयो

पोखरा महानगरभित्र संचालन हुने कक्षा ८ को परीक्षामा होम सेन्टरको प्रावधान हटाइएको छ। परीक्षालाई थप व्यवस्थित गर्न परीक्षा केन्द्रहरु तोकिने भएको छ। होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा संचालन गरिने भएको हो। शुक्रवार बसेको सरोकारवालासहितको महानगर शिक्षा समितिको बैठकले यस्तो…

कास्कीको माछापुच्छ्रे्मा जिल्लास्तरीय न्यायिक समिति सम्मेलन सकियो

कास्की जिल्ला माछापुच्छ्रे् गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समितिको सम्मेलन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले कार्यक्रममा बोल्दै मेलमिलापकर्ताहरुले प्रशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने औंल्याए। ‘न्यायिक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्न सके थप सहज हुन्छ’, गुरुङको सुझाव छ। मेलमिलापकर्ताले बास्तविक पीडितले न्याय पाउनेगरी जनताको हितमा काम गर्न…

पोखरा–१५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र

पोखरा–१५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ। महोत्सव संयोजक तथा वडासदस्य आशिष भण्डारीकाअनुसार अघिल्ला दुई महोत्सवभन्दा यस पटकको खेलकुद महोत्सवलाई थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको छ। वडास्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन्। बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट…

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

२० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ। हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरेको हो। महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ। प्रतिमासँगै…

‘बायु प्रदुषणका कारण दक्षिण एशियाका मानिसहरु प्रभावित बनेका छन्’

वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धिहरु पारित भएको भएपनि सरकारले त्यसको हालसम्म कार्यान्बयन नगरेकोमा वातावरणका अभियन्ताहरुले चिन्ता प्रकट गरेका छन्। प्रकृति–मानव केन्द्रित जन अभियानको शुक्रबारदेखि पोखरामा सुरु छैठौं राष्ट्रिय सम्मेलनमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्। सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सरकारप्रति आक्रोस समेत पोखेका छन्। अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्तम कँडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण…

अबदेखि, विद्यार्थीहरुले घरमा काम गरेको पनि अंक पाउँदैछन्

अबदेखि, विद्यार्थीहरुले घरमा काम गरेको पनि अंक पाउँदैछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरेर नम्बर दिने निर्णय गरेको छ। परीक्षामा लेखेको आधारमा मात्र मूल्यांकन गर्न नहुने भन्दै मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामलाई मूल्यांकनमा जोड्न नम्बर दिने निर्णय गरेको हो। शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्यांकनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास…

२० औँ संस्करणको लेखनाथ महोत्सव सुरु

२० औँ संस्करणको लेखनाथ महोत्सव आज (बिहीबार) देखि सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा महोत्सव सुरु भएको हो। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराको साथ आयोजना गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गरेका हुन्। महोत्सव उद्घाटनअघि विभिन्न जनजातिको भेषभूषामा झाँकीसहित…