समाचार »

बागलुङको ताराखोला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

सूर्यलाल बि.क., बागलुङको ताराखोला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर आएका छन्। ताराखोला गाउँपालिकामा आज (बुधबार) एक कार्यक्रमबीच नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बि.क. लाई स्वागत गरिएको छ। बि.क., संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन बिभागबाट ताराखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा भई आएका हुन्। बागलुङ नगरपालिका–१२, अमलाचौरका बि. क. ले यसअघि जिल्ला…

बागलुङ नगरपालिका–९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

बागलुङ नगरपालिका–९, तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियानअन्तर्गत बागलुङ नगरपालिकाको वडा नं ९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। यसअघि, बागलुङ नगरपालिकाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा…

प्रेस सेन्टर कास्कीको छैटौँ अधिवेशन पुस २७ मा

यही पुस २७ गते प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन पोखरामा हुनेगरी तयारी थालिएको छ। प्रेस सेन्टर कास्कीको हिँजो (बुधबार) बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो। सो अधिवेशनले आगामी ३ वर्षका लागि प्रेस सेन्टरको नयाँ नेतृत्व चयन गर्नेछ। जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्नेगरी विभिन्न…

प्रेस चौतरी नेपालको १० औँ महाधिवेशन फागुन २३ गतेदेखि

प्रेस चौतारी नेपालले १० औँ महाधिवेशनमा फागुनमा गर्ने निर्णय गरेको छ। प्रेस चौतारी नेपालको आज बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिएका छन्। उनले श्रमजीवी पत्रकारले अझैपनि न्युनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ…

पोखराको कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना

पोखरा महानगरपालिका–३२ मजुुवास्थित कालिका आधारभूत विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको छ। विद्यालयमा आज बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका–१६ तल्लो दीप जोगीमणिमार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन्। उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कार तथा सम्मान…

रबि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रबि लामिछानेसहित ७ प्रतिवादीहरुको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ। मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुनेछ। प्रतिवादीहरुको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको…

‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ

अंग्रेजी नयाँ वर्ष २०२५ को आगमनसँगै तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ भएको छ। ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ गरिएको हो। नेपालको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान,…

देवीप्रसाद कुइकेल, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्ष

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले  देवीप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सह–सचिवमा वीरेन्द्रराज काफ्ले छन्। त्यसैगरी, समितको सदस्यहरुमा जालकुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल छन्। निर्वाचन समितका संयोजक…

पोखरास्थित कास्की कारागारका कैदी बन्दीको सित्तैमा जाँच र औषधी

पोखरास्थित कास्की कारागारमा रहेका बिरामी कैदी बन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ। युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर गरिएको हो। गत शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको…

तनहुँमा सुरु हुँदैछ ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’

इस्वी सन नयाँ वर्ष २०२५ सुरु भएसँगै तनहुँमा आज (बुधबार) देखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ। तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना गरिने भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भ्रमण वर्ष शुभारम्भ गर्ने कार्यक्रम छ। ‘पहाडकी रानी’ को उपनामले परिचित बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी…