समाचार »

ऋषिकान्तलाई लेखनाथ पत्रकारिता पुरस्कार प्रदान

लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ। लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्षसमेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो। हाल, रेडियो नेपालको घटना र विचार कार्यक्रममा कार्यरत पौडेललाई कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा सोमबार पुरस्कार प्रदान गरिएको हो। वरिष्ठ साहित्यकार सरुभक्त,…

पोखरा लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

२० औं संस्करणको पोखरा लेखनाथ महोत्सवको तयारी पूरा अन्तिम चरणमा पुगेको छ। पोखराको लेखनाथमा यही पुसको आउँदो २८ गतेदेखि हुने लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन…

दोस्रो संस्करणको ड्रागन बोट रेसमा चिनिया टोलीको वर्चस्व

चिनियाँ टोलीले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको उपाधि जितेका छन्। पोखराको फेवातालमा सोमबार सम्पन्न ‘दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेस प्रतियोगितामा चिनिया टिमहरूले उपाधिमाथि कब्जा जमाए। पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ। दोहोरो उपाधिसँगै विजेता चीनको डोङग्वान लाओयू क्लबले नगद १० हजार…

विभागीय आर्मीका मुकेस पाल ‘गैँडाकोट हाफ म्याराथन’ च्याम्पियन

विभागीय आर्मीका मुकेस पाल दोस्रो संस्करणको ‘गैँडाकोट हाफ म्याराथन’ को च्याम्पियन बनेका छन्। विजय फाउन्डेसन नेपालको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा (सोमबार) सम्पन्न ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावक पालले जितेका हुन्। प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल च्याम्पियन बने। हाफ…

पोखराको होटल पौवाले ‘नयाँ वर्ष साँझ’ मनाउँदै

पोखराको लेकसाइडस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्दैछ। अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारीले जानकारी दिएका छन्। कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताएका छन्। गायक थापासँगै रितु केसी,…

पोखरामा ‘बाजेको सेकुवा’ मा रिभाइभलको लाइभ कन्सर्ट

पोखरास्थित नेपालको चेन रेष्टुरेण्ट ‘बाजे’ को सेकुवा रेष्टुरेण्टमा रिभाइभल ब्याण्डको लाइभ कन्र्सट हुने भएको छ। अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पूर्वसन्ध्या डिसेम्बर ३१ तारिख अर्थात यही पुसको १६ गते साँझ कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुति दिनेछन्। अतिथि गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुति रहनेछ। रेष्टुरेण्टले हरेक बर्ष, पर्व…

चिन–नेपाल मैत्रीपूर्ण बास्केटबलमा चिनको नर्मल विश्वविद्यालय च्याम्पियन

पाहूना टोली चिनको नर्मल विश्वविद्यालय पोखरामा सम्पन्न चिन–नेपाल विश्वविद्यलायस्तरीय छात्रा बास्केटबलमा च्याम्पियन भएको छ। गण्डकी प्रदेश बास्केटबल संघ र पोखरास्थित चिनिया ओभरसिजको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजलाई ७४–३६ को स्कोरले पराजित गर्दै पाहूना टोली च्याम्पियन भएको हो । च्याम्पियन बनेसँगै नर्मल विश्वविद्यालयले नगद ३० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार हात पारेको…

पत्रकार महासंघ गण्डकीमा नयाँ कार्यसमितिको पदस्थापन

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज (आइतबार) पदस्थापन भएको छ। साथै, नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पोखरामा पद तथा गोपनीयताको सपथसमेत खाएका छन्। गत मंसरी २८ मा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस…

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा सलोनी र सुनिरा उपाधि नजिक

पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा फाइनल भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमिफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन्। सलोनीले प्रकृति श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३,…

अब, योगदानकर्ताका छोराछोरीलाई समेत उपचार सेवाको व्यवस्था

सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी थालेको छ। यसअघि, स्वयं योगदानकर्ता र योगदानकर्ताको श्रीमान तथा श्रीमतीसमेतलाई उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी गरेको हो। त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई सन्ततिको विवरण अद्यावधिक गर्नका लागि आग्रह गरेको छ। कोषले एक सूचना जारी गर्दै औपचारिक क्षेत्रका…