समाचार »

२ मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार २ मुद्दा दायर गरिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा २ मुद्दा दायर गरिएको हो। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध सम्पत्ति…

पोखराको गणेशटोलमा यो वर्षपनि यःमरी महोत्सवको तयारी

विगतका वर्षमा जस्तै यस वर्षपनि यःमरी महोत्सव साथै सांस्कृतिक कार्यक्रमको तयारी थालिएका छ। यही पुसको आउँदो १३ गते पोखरा–४ को गणेशटोलमा यस वर्ष पाँचौ संस्करणको यःमरी महोत्सवको आयोजना हुने भएको हो। पोखरा महानगरपालिका–४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाटमा जानकारी दिइएको हो।…

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ। यही पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने महोत्सवको तयारी तीब्र रुपमा अघि वढाइएको आयोजक युनाइटेड क्लब पोखराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ। महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्रीलाई महोत्सवले पहिलो…

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन्। साथै, उनीहरुले पद तथा गोपनीयताको सपथसमेत खाएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण एवं पद तथा गोपनीयता सपथ खाएका हुन्। उनीहरुलाई निर्वाचन समितिका संयोजक पुण्य पौडेलले सपथ ग्रहण गराएका हुन्। पत्रकार महासंघको निर्वाचनमा विजयी…

सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलको घरेलु ‘बेस्ट प्लेयर’

सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलको ‘घरेलु बेस्ट प्लेयर’ बनेका छन्। नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) को ‘सर्वोत्कृष्ट घरेलु खेलाडी’ बनेसँगै कप्तान दीपेन्द्र सिंह ऐरीले आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन…

सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको औंल्याएका छन्। सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उनको भनाई छ। धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गरे। ‘संस्थालाई…

जनकपुर बोल्ट्स एनपीएल क्रिकेट च्याम्पियन

जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको च्याम्पियन बनेको छ। काठमाण्डौंकोको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सूदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको हो। सूदूरपश्चिम रायल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले…

अब, एसइईमा ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागु गर्न लागेको हो। यसै वर्षदेखि नै लागू हुनेगरी लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस्तो व्यवस्था गर्न लागेको हो। निर्देशिका अनुसार, यस वर्षदेखि जुन विषयमा…

जीबी राईसहित १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध हिँजो (शुक्रबार) पूरक अभियोग दर्ता भएको छ। यसअघि, सहकारी ठगीमा मात्र मुद्दा चलाइएका राईलगायत १९ जनामाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पुरक अभियोगका रुपमा थपिएको हो। अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।…

कास्कीको मादीमा ‘सांस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण’ को अवलोकन

कास्कीको मादी गाउँपालिकाको सिकलेसमा संचालित सांस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकन गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकारसहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजनाअन्तर्गत भए, गरेको गतिविधिबारे जानकारी गराए। निर्माण व्यवसायी ओम गौचनकाअनुसार डपीआरअनुसारको काम गर्न अप्ठेरो…