
यु–१६ महिला मैत्रीपूर्ण फुटबलमा भुटानसँग नेपालले लज्जाजनक हार खेपेको छ। भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा घरेलु नेपाली टोलीमाथि फरक गोलअन्तरले पराजित गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलको फरक अन्तरले हरायो। भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेलले २÷२ गोल गरे। ् त्यसैगरी, भुटानी उगेन सोमोले १ गोल…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अस्पतालमा चिकित्सकहरु नभेटिए कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरे कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्। आजकल अस्पतालमा काम गर्ने डाक्टरहरु रेजिडेन्स डाक्टरहरुको भरमा…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। गोरखा उद्योग बाणिज्य संघ गोरखाको ४९ औं बार्षिक साधारण सभा एवं १७ औ अधिवेशनलाई आज (शुक्रबार) सदरमुकाममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास र सम्बृद्धिका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न सरकार तयार रहेको औंल्याए। मुख्यमन्त्री पाण्डेले भने, ‘स्थानीय…
यु–१९ महिला एशिया कप क्रिकेटको प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। यु–१९ महिला एशिया कप क्रिकेटअन्तर्गत ’सुपर–फोर’ को खेलमा बंगलादेशसँग पराजित बन्दै नेपाल फाइनल पुग्नबाट रोकियो। जीतसँगै बंगलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा आज (शुक्रबार) भएको ’सुपर–फोर’ को खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो। बंगलादेश ’सुपर–फोर’ मा…
सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले आज (शुक्रबार) प्रसाईलाई रिहा गर्न आदेश दिएको हो। साइबर कसूरको मुद्दामा प्रहरीले प्रसाईलाई गएको मंसीर ४ गते भक्तपुर निवासबाट पक्राउ गरेको थियो। मंसीर २७ गते साइबर अपराध कसूरको मुद्दामा…
यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ। यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ।काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा ‘क्लिन स्वीप’ गरेको हो। नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट…
तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले श्रम बैंक कार्यन्वयनमा ल्याएको हो। बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षामा शुक्रबार पालिकामा बसेको रोजगार संवाद मञ्चको बैठकमा कामदारलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन तथा…
भानु नगरपालिकाले नगरपालिकाभित्रका किसानले अब मोबाईलबाटै कृषि र पशुसम्बन्धी सूचना तथा जानकारी पाउने भएका छन्। नगरपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाई मोबाईलबाटै पशु र कृषिसम्बन्धी सूचना दिने मोबाईल एप सञ्चालन गरेको हो। नगरपालिकाको कृषि तथा पशुशाखाले किसानका लागि सूचना, जानकारी, प्रविधि, सल्लाह, नगरपालिकाको कार्यक्रम, कृषि बुलेटिन, मौषमको जानकारी, कृषि तथा पशुको बीमा, सेवा–प्रवाह, गुनासो तथा सुझावलगायतको जानकारी…
तनहुँको भानु नगरपालिका–७ चुँदी टुहुरे पसलस्थित चन्द्रावती उच्चमाध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ। विद्यालयले आफ्नो ६१ औँ स्थापना दिवस भोली (शनिबार) पुस ६ गते विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो। तनहुँ जिल्लाको दोस्रो हाइस्कूलका रुपमा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका २०४५ सालमा १० कक्षा ब्याचका विद्यार्थीहरूले विद्यालयको शैक्षिकस्तर वृद्धि र…
झण्डै, १९ महिनापछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ। शुद्धीकरण पछि सदस्यता विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति बनेपछि (बिहिबार) खुलेको हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको हो। पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भएमा र मापदण्ड पूरा गरेका क्रियाशील…