समाचार »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट तेस्रो पटक चार्टर्ड विमान अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट तेस्रो पटक चार्टर्ड विमान अवतरण गरेको छ। सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट १ सय २६ यात्रु लिएर अवतरण गरेको हो। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुसको आउँदो १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’…

खेलाडी राष्ट्रका गहना हुन् : प्रदेश सामाजिक विकासमन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले खेलाडी राष्ट्रका गहना भएको औल्याएका छन्। पोखरामा आज (बिहीबार) देखि सुरु माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको उद्घाटन गर्दै थापाले भने, राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्छ।’ पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको उनको भनाई थियो। टेनिसको खेल विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री थापाले प्रतिबद्धता जनाए।…

पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

पोखरामा  माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आज (बिहीबार) देखि सुरु भएको छ। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले एक समारोहबीच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिंगलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले हराएका छन्। त्यसैगरी,…

रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु

कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा कास्की अदालतले उनको बयान सुरु गरेको हो। सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ। सोमबार र मंगलबार पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका…

संचारमन्त्री गुरुङले दिए, नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई र शुभकामना

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका छन्। मन्त्रालयमा बिहीबार आज (बिहीबार) आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका हुन्। सो कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।…

‘विदेश जान खोज्ने विद्यार्थीलक्षित भ्रामक सामग्री प्रसारण नगर्नुहोला’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थीलक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले शैक्षिक परामर्शदाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको हो। सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श…

‘संसद–संचार’, पत्रकारसँग संसद सचिवालयको अन्तरसम्वाद

भक्तपुरको नगरकोटमा आज (बुधबार) ‘संसद–संचार’ अन्तरसम्वाद कार्यक्रम गरिएको छ। संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले लोकतान्त्रिक पद्धतिमा पत्रकारिता पेसालाई पनि सँगसँगै लिएर गएमात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे। सभामुख घिमिरेले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद बन्नुपर्छ। प्रभावकारी संसद बनाउन संचारमाध्यम…

पोखराको आकाशमाथि उडेको बेलुनले ल्यायो पर्यटनमा रौनकता

पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महोत्सवले पोखरामा चहलपहल थपिएको हो। बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव ९ दिनसम्म चल्नेछ। पोखरालाई साहसिक खेलकुदका…

तनहुँको ९ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

तनहुँका ९ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँमा प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्रहरू पलिकामा हस्तान्तरण गर्ने कार्य पूरा भएपछि पालिकाबाट वितरण गरिएको हो। भानु नगरपालिकाबाहेक सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ। पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सेवाग्राहीलाई सहज भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र…

पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुँदै

पोखरामा भोलि (बिहीबार) देखि २१ औं संस्करणको माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ। आयोजक कास्की जिल्ला टेनिस संघले आयोजना गरेको टेनिस प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा वुमन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ…