
तनहुँको व्यास नगरपालिकामा मंगलबारबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको हो। नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको बताए। न्यौपानेले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन…
नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका संचारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ। महासंघको २७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि हिँजो (मंगलबार) बसेको पहिलो बैठकले यो निर्णय गरेको हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेको नेपाली…
विभागीय नेपाली सेनाका धावक करण रावलले स्याङजाको कोल्मा बहाकोट क्रस कन्ट्री दौड जितेका छन्। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रियस्तरको क्रस कन्ट्री दौडमा रावलले २५ किलो मिटरको दूरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि जिते। विजेता रावलले उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल पुरस्कार हात पारे। ‘स्वास्थ्यका लागि…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको औँल्याएका छन्। पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उल्लेख गरे। काउन्सिलले नियमित रूपमा नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३ औँ श्रृंखलामा उनले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले संचार…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत बनेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद निलम्बनमा परेको जानकारी गराएको हो। प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार लामिछाने स्वतः निलम्बनमा परेको उल्लेख…
हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४ जनालाई आज (मंगलबार) कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको जनाएको छ। यो मुद्दामा अदालतले हिँजो (सोमबार)…
सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनाको जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ। न्यायाधीस नितिज राईको इजलासमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका संचालक कृष्ण गुरूङको बहस सुरु भएको हो। उनीहरुविरुद्ध हिँजो (आइतबार)…
यु–१९ महिला मैत्रीपूर्ण फुटबल खेलमा घरेलु नेपाल र पाहूना टोली भुटानले बराबरी खेलेको छ। नेपालको यु–१९ वर्षमुनिको महिला टोलीले भुटानको सोही उमेरका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा १–१ गोलको बराबरी नतिजा निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा नेपालकी सुशीला केसीले गोल गरिन्। त्यसैगरी, भुटानको तर्फबाट फुन्त्सो छोदेनले गोल गरिन्। खेलमा नेपालले अग्रता…
संचार र मिडियासम्बन्धी २ दिने काठमाडौं सम्मेलन–२०२४ आइतवारदेखि शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले ’संचार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४’ संयुक्त आयोजना गरेको हो। बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग (क्यामेरा भवन) मा २ दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, विषयगत छलफल तथा मिडिया…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको औंल्याएका छन्। हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको आज (आइतबार) उद्घाटन गर्दै मन्त्री गुरुङले जोड दिए, ‘यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको छ।’ सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गरे। उनले यसका लागि…