
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले सरसफाईमा चासो देखाएको छ। शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबं चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ। त्यस्तै, कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको…
राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ। नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेमगरले सम्मान गरेका हुन्। पौडेललाई २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट…
कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ। कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन्। कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे। समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाई छ। कृतिको…
सहारा क्लब पोखराको आयोजनामा २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुँदैछ। यस संस्करणको आहा ! रारा गोल्डकपको प्रतियोगिताका लागि यतिखेर आयोजक सहारा क्लब पोखराले तयारीलाई तिब्रता दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना गरिने उक्त प्रतियोगितामा नेपालका…
सामाजिक सञ्जाल टिकटकले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर छलफल गर्न आग्रह गरेको छ। टिकटक प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। टिकटकले पत्रमा स्वनियमनका मान्यताअनुसार अघि बढ्ने प्रस्ट पारेको बताइएको छ। मन्त्रालयको अनुसार टिकटकले पत्रमार्फत आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको हो। यसबारेमा सरकारले भने कुनै निर्णय गरेको छैन।…
सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरु ‘हेर्न नभ्याइने’मा परेका छन्। सर्वोच्चले १४ रिटमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न मंगलबार दुवै पक्षलाई बोलाएको थियो। न्यायाधीशहरु सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको सर्वोच्च प्रशासनले जनाएको छ। न्यायाधीश विनोद शर्माको इजलासले मंसीर…
प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई अफवाहपूर्ण सामग्री संप्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री संप्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)…
विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार खेपेको हो । पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोलको आत्मसाथ गर्यो । यमनको जितमा कप्तान ओमार अब्दुल्लाह अल धानीले दुबै गोल गरेर टोलीका लागि जित निकाले। खेलको ७१ औं मिनेटमा कप्तान ओमार…
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले कारण देखाउ आदेश जारी गरेको हो। टिकटक प्रतिवन्धको निर्णयविरुद्ध छुट्टाछुट्टै १३ वटा रिट निवेदन दर्ता भएका थिए। १२ वटा रिट…
भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ। भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो। भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पहिलो ३ विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र…