
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्। प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण…
गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय तोकेका छन्। एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाएका छन्। एमालेकै वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा लगाएका छन्। त्यस्तै, मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएका छन्।…
पोखरामा सुरु तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी छ। प्रतियोगिताअन्तर्गत आज (सोमबार) भएको महिलातर्फको खेलमा बलियो विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जित निकालेका छन्। प्रतियोगितामा महिलातर्फ विभागीय एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई…
पोखरामा आज (आइतबार) देखि तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा महिलातर्फ आर्मीले विजयी सुरुवात गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुषतर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै सुखद नतिजा निकालेको छ।…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मेला महोत्सवले आर्थिक चलायमान हुने बताएका छन्। पोखराको अमरसिंह चौरमा आज (बुधवार) देखि सुरु ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्छ। मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहँदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्छ।’ मुख्यमन्त्री…
पोखराको अमरसिंह चौरमा आज (बुधवार)देखि ११ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ। युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहबीच उद्घाटन गरे। यसैगरी, महोत्सव उद्घाटनपूर्व पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी तथा र्यालीको आयोजना गरिएको थियो। उक्त झाँकी तथा र्यालीमा झाँकीतर्फ नेपाल मगर संघ रामबजार इकाईले प्रथम स्थान हासिल गरेको…
आज पुस २७ गते पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस। हरेक वर्ष पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासपूर्वक मनाइन्छ। विक्रम संवत् १७७९ मा आजकै दिन अर्थात् पुस २७ मा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा ४ दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले…
११ औं पोखरा महोत्सवको संपूर्ण तयारी पूरा भएको छ। आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको महोत्सवको संपूर्ण तयारी पूरा भएको जनाएको हो। ११ औं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय…
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन्। शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन्। उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रदेश प्रमुख…
नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमवार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले एमाले, माओवादी, राप्रपा र दीपक मनाङेसहित ३३ सांसदको समर्थन लिएर मुख्यमन्त्री पदमा दाबी गरेका थिए। स्वतन्त्र निर्वाचित मनाङे केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपनि सरकार बनाउन एमालेलाई समर्थन गरेका हुन्।…