Author Archive »

पोखरामा ५ जना अग्रज पत्रकारहरुको सम्मान

पोखरामा ५ जना अग्रज पत्रकारहरु सम्मानीत भएका छन्। गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले शनिबार आयोजना गरेको गण्डकी मिडिया समिट-२०८३ समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो। अग्रज पत्रकारहरु स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, प्रेमचन्द्र रौनियार, विश्वबन्धु भण्डारी र सरस्वती शर्मा ‘जिज्ञासु’ लाई सम्मान गरेको हो। पोखरामा पत्रकारिताका धरोहर मानिएका स्व पराजुलीलाई मरणोपरान्त…

पत्रकार दुर्गा रानामगरलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’

पोखरामा कृयाशील पत्रकार दुर्गा रानामगर ‘पोखरा युथ एक्सेलेन्स अवार्ड-२०८३’ बाट सम्मानीत भएकी छन्। पोखरा नगर युवा परिषदले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकार रानामगरलाई सो अवार्ड प्रदान गरेको हो। युथ फेस्टिभल-२०८३’ को समापन अवसरमा परिषदले सो अवार्ड प्रदान गरेको हो। पोखरा महानगर प्रमुख धनराज आचार्यले रानामगरलाई दोसल्ला ओढाएर ३० हजार रुपैयाँ नगदसहित सो अवार्ड…

पोखराका ६ युवाहरुलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान

पोखराका ६ युवाहरुलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान गरेको छ। यस वर्ष, सो अवार्डबाट सम्मानीत हुनेहरुमा पत्रकारिता क्षेत्रकी दुर्गा रानामगरलगायत पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी क्षेत्रमा नवज्योति सुवेदी, खेलकुद क्षेत्रमा नारायणी भण्डारी तथा अपाङ्गता सशक्तीकरण क्षेत्रमा सन्ध्या सुवेदी छन्। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न…

संचारिका समूह नेपालको गण्डकी टोली पर्यटकीय क्षेत्र पंचासेमा

महिला पत्रकारहरुको संस्था संचारिका समूह नेपालको गण्डकी प्रदेश समितिको टोली कास्कीको पर्यटकीय क्षेत्र पंचासे पुगेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा संचारिका गण्डकीको टोलीले ‘पंचासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ गरेको हो। ‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लाका बिभिन्न संचारमाध्यममा कार्यरत २१ जना पत्रकारको सहभागिता…

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

पोखराका अग्रज पत्रकार, लेखक तथा समाजसेवी केशवराज पराजुलीको निधन भएको छ। ९२ वर्षीय गुरु पराजुलीको राति करिब १२:०० बजेको समयमा पोखरा-३, नदिपुरस्थित आफ्नै घरमा असामयिक निधन भएको हो। पोखराको पत्रकारिता क्षेत्रमा अग्रज ‘गुरु’ को नामबाट परिचित पराजुली लामो समयदेखि अल्जाइमर्स रोगबाट ग्रसित थिए। स्व. पराजुली पत्रकारिता, सामाजिक सेवा तथा प्रेस स्वतन्त्रताको पक्षमा सकृय थिए। उनको…

गण्डकी प्रदेश सरकारको २०८३/०८४ को विनियोजन विधेयक पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित गरेको हो। बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो। यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका…

पत्रकार विजय नेपाल ‘रोटरी जर्नो अवार्ड’ बाट सम्मानीत

पोखराका कृयाशील पत्रकार विजय नेपाल ‘रोटरी जर्नो अवार्ड’ बाट सम्मानीत भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले उनीसहित देशभरका ७ जना पत्रकारलाई शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा जनही नगद ५१ हजार रुपैयाँसहित सो अवार्ड प्रदान गरेको हो। पाल्पा रिब्दीकोट–७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल विगत २ दशकदेखि पोखरामा रही निरन्तर पत्रकारितामा क्रियाशील…

नेपाल पत्रकार महासंघ कास्की शाखा ५० औं वर्षमा

नेपाल पत्रकार महासंघ कास्की शाखा स्थापना भएको ५० औं वर्षमा प्रवेश गरेको छ। यसै सन्दर्भमा महासंघ कास्कीले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ। नेपाल पत्रकार महासंघ, कास्कीले शुक्रबार आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष माधव बरालले महासंघ कास्की स्थापनाको ५० औँ वर्षमा प्रवेश…

कृष्ण क्षत्री ‘उदय’ को २ कृतिको लोकार्पण

लेखक तथा सर्जक कृष्ण क्षत्री ‘उदय’ को २ कृतिहरु ‘जीवन सुदर्शन’ र ‘जिन्दगीका अदृश्य किरण’ को लोकार्पण गरिएको छ। लेखक तथा सर्जक क्षत्रीका बुबा सुवेदार देवीलाल क्षत्री र आमा शुभकुमारी क्षत्रीको ८४ औं जन्मोत्सवका अवसरमा सो कृतिहरुको लोकार्पण गरिएको हो। बाँगे-पोखरा सामुदायिक मिलन चौतारीले पोखरामा विहीबार एक कार्यक्रम आयोजना गरी कृतिहरुको लोकार्पण गरेको हो। कार्यक्रमका…

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटघाट

गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखले पोखरामा भेटघाट गरेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटघाट भएको हो। अन्तरप्रदेश भ्रमणका क्रममा यहाँ आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरे। भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा…