Author Archive »

विभागीय सेनाका सञ्जयले जिते लेखनाथ हाफ म्याराथन

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथन जितेका छन्। श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार जिते। यसैगरी, सशस्त्र प्रहरी बलका किरण बोगटी म्याराथनमा दोस्रो भए। उनले १ घण्टा ६…

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ। आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो। मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप…

‘सार्वजनिक प्रसारण विधेयक छिट्टै पारित हुन्छ’

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारण विधेयकसहित आमसंचारसँग सम्बन्धित विधेयकहरू संसदबाट छिट्टै पारित हुने बताएकी छन्। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको १२ औँ अधिवेशन समारोहमा मन्त्री शर्माले संचार क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन आमसंचार क्षेत्रसँग सम्बन्धित कानून समयानुकूल बनाउन लागिएको उल्लेख गरिन्। उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउँदै…

‘लोकतान्त्रिक गणतन्त्रका लागि निष्पक्ष र निर्भिक पत्रकारिता’

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष तथा निर्भिक पत्रकारिताले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने बताएका छन्। नेपाल पत्रकार महासंघ धनुषाको १३ औँ साधारण सभाको शुक्रबार जनकपुरधाममा उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। पत्रकारिता जगतले सधैँ निष्पक्ष भएर जनता तथा देशको पक्षमा काम गर्न आवश्यक भएको उनले औंल्याए। उनले पत्रकारिताको नाउँमा केही व्यक्तिले गलत काम गर्ने गरेको…

गण्डकीको पुरुष भलिबल टोलीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदको स्वर्ण

गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदका अन्तरगतको भलिबलमा स्वर्ण पदक जितेको छ। सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको पुरुष भलिबल टिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। चितवनको भरतपुरमा सम्पन्न फाइनलमा गण्डकीले कोशीलाई पहिलो सेट २५–१८, दोस्रो सेट २५–२२ र तेस्रो सेट…

अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा गण्डकीको महिला भलिबल टोलीलाई रजत पदक

वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा महिला भलिबलतर्फ गण्डकी प्रदेशले रजत पदकमा चित्त बुझाएको छ। सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा गण्डकी उपविजेता बनेको हो। राष्ट्रिय खेलकुदको भलिबल फाइनलमा गण्डकीको महिला भलिबल टोली आयोजक बागमति प्रदेशसँग ३–० को सोझो सेटमा पराजित हुन पुगेको हो। पहिलो सेटमा केही उत्कृष्ट प्रदर्शन गरेको गण्डकी २५–२२…

पोखरामा बैशाख १० गतेदेखि दोस्रो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै

पोखरामा दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१ हुने भएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयको आयोजनामा यही बैशाख १० गतेबाट पोखराको सभागृहमा मेला हुन लागेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विद्यार्थी र सरोकारवालालाई जानकारी दिन, बेरोजगारहरुका लाग रोजगारी प्रदान गर्न र रोजगारदाता संघसंस्थाहरुका लागि दक्ष जनशक्ति प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पोखरामा…

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई ‘हिमडमरु’ को उपाधि

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ‘हिम डमरु’ को उपाधिले सम्मान गरिएको छ। साहित्यिक पत्रकार संघले काउन्सिल अध्यक्ष बस्नेतलाई बिहीबार सो उपाधिले सम्मान गरेको हो। हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो। बरिष्ठ साहित्यकार रोचक घिमिरे, बरिष्ठ कलाकार…

गण्डकीका मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित २ विभागीय मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका हुन्। अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता…

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशस्थित नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसपछि, प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्दै…