
अर्जुन राईले दोस्रो संस्करणको मञ्जुश्री ट्रेल रेस जितेका छन्। सोलुखुम्बुका अर्जुनले निर्धारित १ सय माइलको दुरी ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्। पार्ट टाइम ट्रेकिङ गर्दै आएका अर्जुन मञ्जु श्री ट्रेल रेसको नयाँ च्याम्पियन बनेका हुन्। उनले गत संस्करणका विजेता जीवन लामाले बनाएको ३३ घण्टा १५ मिनेटको दुरीको रेकर्ड पनि…
इक्वेडरमा आपतकाल घोषणा गरिएको छ। आपराधिक ग्याङको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको हो। ग्याको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरुमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ। राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका ३ प्रान्तहरु गुयास, मनाबी र एज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं…
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन्। वैशाखको गत ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकोमा हिँजो (शनिबार) साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो। प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको हो।…
स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो। नाम फिर्ताको समय सकिएसँगै निर्वाचन आयोगले आजै उमेदवारकिो अन्तिम नामावली प्रकाशन गर्दैछ। नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। पछिल्ला दिनहरुमा राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब…
३५ सञ्चार माध्यम प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्। प्रेस काउन्सिलको आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको हो। साथै काउन्सिलले दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ। सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय…
स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ। निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार…
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि १ लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता…
टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका ७ जना कांग्रेस नेता र कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगालेलगायतले राजिनामा दिएका हुन्। स्थानीय तहको…
स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ वटा पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले मंगलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो। यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो। स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका…
गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिकामा ३३३ को उम्मेदवारी दर्ता भएका छन्। यहाँको १ महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै, उपमेयरमा भने ८४ जना मात्रै छन्। ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै…