Author Archive »

गण्डकी र बागमती प्रदेशमा साउन १ देखि इम्बोस्ड नम्बर अनिवार्य

सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर लिन आग्रह गरेको छ। विभागको सूचनामा भनिएको छ, ‘सवारीहरूमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सानो ठूलो सवारी), एकान्तकुना,…

बालमैत्री नगर बन्दै बागलुङ नगरपालिका

बागलुङ नगरपालिका बालमैत्री नगर बन्दैछ। बागलुङलाई बालमैत्री नगर बनाउने अभियान शुरु भएको हो। नगरपालिकाका १ सय ३ वटै बिद्यालयलाई बालमैत्री बनाउने अभियान चलेको हो । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका हुन्। निर्णयपछि नगरपालिकाभरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम गर्न श्रेष्ठले निर्देशन समेत दिएका छन्। नगरपालिकाले बिद्यालय क्षेत्र…

तनहुँको याम्पा–घाँसीकुवा सडक जेठ २२ गतेदेखि बन्द हुने

पृथ्वीराज मार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पर्ने तनहुँको याम्पा फाटदेखि घाँसीकुवा खण्ड आगामी जेठ २२ गते रातिदेखि बन्द हुँदैछ। उक्त क्षेत्रमा सडक खन्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ। मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले राति ११ बजे अगाडी र बिहान ४ बजेपछिको सममा गाडी चलाउन मिल्ने…

वाई. यु. के. सुपरमार्केट संचालनमा आउँदै

पोखराको सेदीबगरमा वाई.यु.के. सुपरमार्केट संचालनमा आउँदैछ। पोखराकै पर्यटकीय गन्तव्य लेकसाइडबाट पामे, खपौदीं जाने बाटोमा सराङकोट जाने केबुलकार स्टेशनको नजिकै सुपरमार्केट संचालनमा आउन लागेको हो। करिब १७ रोपनी जग्गामा बनेको सुपरमार्केटको अगाडी, पछाडी पार्किङसहितको संरचनाहरु बनेका छन्। सुपरमार्केट बाहेक सो क्षेत्रमा सेमिनार तथा गोष्ठीको सभाहल, स्वीमिग पुल, थ्री डी आर्टयुक्त म्युजियम, होटल तथा रेस्टुरेन्टको संरचना बन्दैछन्।…

फुटबल फाइनलिस्सिमाः इटाली र अर्जेन्टिना भिड्दै

दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति खेल हुँदैछ। लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ। इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा ३–२ गोलले हराएर युरो २०२० जितेको थियो। त्यस्तै, अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएर कोपा अमेरिका जितेको थियो। यस प्रतिस्पर्धालाई ‘फाइनलसीमा’ भनिएको…

पोखरा–जोमसोमको रुटमा हालसम्म ११७ जनाको ज्यान गयो

पोखरा–जोमसोम हवाइ रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना भएको छ। दुर्घटनामा परेर हालसम्म ११७ जनाको ज्यान गएको तथ्यांक छ। नेपालको घरेलु हवाई रुटमध्ये यो पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित छ। यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांकले बताउँछ। २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १०…

पोखरा महानगर कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित

पोखरा महानगरपालिकाको कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित भएका छन्। बुधबार भएको मतदानमा एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन्। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, उर्मिला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा एमालेबाट निर्वाचित भएका हुन्। उनीहरुले…

टी–ट्वान्टीको महिला वरीयतामा नेपालका ५ खेलाडी

आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित ५ खेलाडी परेका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका ५ खेलाडी परेका हुन्। वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन्। टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छिन्। यस्त,ै ज्योति पाण्डे ८०…

जहाज दुर्घटनाबाट होटल संघ पोखराद्वारा दुःख व्यक्त

पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रटक गरेका छन्। तारा एयरको…

नागरिकका गुनासा, सल्लाह, सुझाव तथा समस्या सुन्न ह्वाट्सएप नम्बर

धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा…