
पोखरा । पहिलो पटक पोखरामा हुन लागेको अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ । पोखराको बैदामस्थित बाराहीघाटबाट बुधबार विहान शुरु हुने अन्तर्र्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताए…
पोखरा । एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरी क्रिकेटको फ्रेन्जाइज च्याम्पियनसीप संचालनमा आउँदैैछ । आगामी कार्तिकको २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता संचालनमा आउने भएको हो । एसीसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पीपीएलको लागि आवश्यक तयारी शुरु गरिएको छ । एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार…
पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को महिला टी–२० क्रिकेटको वरीयतामा नेपाली महिला क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ । आइसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५…
पोखरा । केन्याली धावक इलियट किप्चोगे २ घन्टाभन्दा कम समयमा म्याराथान पूरा गर्ने खेलाडीका रुपमा नयाँ रेकर्ड राखेका छन् । दुई घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने खेलाडीका रुपमा किप्चोगे पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय केन्याली धावक किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन् । उनले…
चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा राष्ट्रपति दुई दिने राजकीय भ्रमणका लागि यहाँ आएका हुन् । चीनको ७० औं गणतन्त्र स्थापनाको अवसरमा राष्ट्रपति सीले नेपालको भ्रमण गरेका हुन् । राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र…
पोखरा । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गरेकी हुन् । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,…
काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज (आदान–प्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान–प्रदान गरे । हस्ताक्षर भई आदान–प्रदान भएका दस्तावेज १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा…
पोखरा । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा…
पोखरा । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउन चीनले सघाउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि बढि भन्दा बढि नाका खोल्न चीन तयार रहेको राष्ट्रपति सी चिनफिङले प्रतिबद्धता जनाए । ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ,’ उनले भने, ‘बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ ।…
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ राजधानी काठमाण्डौंमा आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाईमा लैजाने प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले उल्लेख गरिन्, ‘पारस्परिक…