
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको राजकीय भ्रमण गरेका छन् । नेपालको राजकीय भ्रमणका लागि राष्ट्रपति सी चिनफिङ सोमबार विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका हुन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी…
पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) गेमको प्रचार प्रसारका लागि पोखरामा निकालिएको ¥याली निकालिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र कास्की जिल्ला खेलकुद बिकास समितिले पोखरा रंगशालाबाट बाजागाजा र १३ औं सागको ब्यानर सहित निकालेको ¥याली विन्ध्यवासिनी मन्दिरसम्म पुगेर सम्पन्न भएको थियो । नेपालीहरुको महान पर्व बडा दसैं…
पोखरा । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनशिपको उपाधि जितेको छ । राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको खेलमा बंगलादेशमाथि २–१ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै भारतले अग्रता लिएको थियो । भारतका विक्रम प्रतापले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए…
पोखरा । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी बनेका छन् । चन्द ४४ मतका साथ अध्यक्ष पदमा निवार्चित भएका हुन् । प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे । चार दशकदेखि नेपाली क्रिकेटसँग जोडिएका पाण्डेलाई पराजित गर्दै चन्दले क्यानको नेतृत्व लिन सफल बने । चन्द प्यानलबाटै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४४ मत, महासचिवमा…
पोखरा । सिंगापुरविरुद्वको त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा कप्तान पारस खड्काको शतक प्रहार मद्दतमा नेपालले सिंगापुरविरुद्ध शान्दार जित हात पारेको छ । पारसकै कीर्तिमानीमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो । जितसँगै नेपालका कप्तान पारस खड्काले विश्व कीर्तिमान कायम गरेका छन् । सिरिज अन्तरगत सिंगापुरविरुद्वको खेलमा कप्तान पारसले शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका…
पोखरा । नारी जागरण अभियान पोखरा, कास्कीले चाडपर्वको मौका छोपेर मुल्य बृद्धि गर्ने तथा कालोबजारी गरिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणपत्रमा दशैं नेपालीको महान् चाड रहेको, देवी दुर्गाले महाकालीको रुप धारण गरी महिषासुर राक्षसको बध गरेको साथै श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रुपमा दशैं मनाउन सुरुवात भएको, असत्यमाथि सत्यको जितको प्रतीकका…
पोखरा । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो प्राप्ती पश्चात् मेगा…
पोखरा । इङ्ल्याण्डको राष्ट्रिय वेम्बली रंगशालालाई युइएफए च्याम्पियन्स लिग–२०२३ को फाइनल खेलका लागि तय गरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको बोर्ड बैठकले सन् २०२१, २०२२ र २०२३ को तीन संस्करणको च्याम्पियन्स लिगको फाइनल हुने रंगशालाको तय गरेको हो । युइएफएले सन् २०२१ को फाइनल खेल रुसको सेन्ट पिटर्सवर्गमा, सन् २०२२ को च्याम्पियन्स लिगको…
पोखरा । भारतले साफ यू–१८ फुटबल च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ । बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भारतले श्रीलंकामाथि तीन गोलको वर्षा गरायो । भारतका गुरकिरत सिंहले ६५ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता…
पोखरा । आइसीसी पुरुष एक दिवसीय टोलीको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बुधबार सार्वजनिक गरेको यस महिनाको वरीयतामा नेपाल १७ औं स्थानमा झरेको हो । नेपाल अघिल्लो वरीयतामा १६ औं स्थानमा थियो । नेपालले खेलेको ८ खेलमा १९ रेटिङबाट १ सय ५२ अंक पाएको छ । यस वरीयतामा…